२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वास्तविक हलिया सेवा पाउनबाट बञ्चित, ७५ परिवार काल्पनिक नामका हलिया भेटिए

२०७६, ५ जेष्ठ आईतवार ११:५५

सम्राट सिंह | जेठ ५, बझाङ | जिल्लाको थलारा गाउँपालिका ९ अफला,खानी र सिराटा मा ७५ परिवार काल्पनिक नामका हलिया भेटिएका छन । गाउँमा नामै नभएका हलियाको तथ्यांक सुचीमा नाम समावेश गरी वास्तविक हलियाको नाम छुटाउँदा हलिया परिवार सेवा लिनबाट बञ्चित भएका हुन ।

जिल्ला हलिया मुक्ती समाजले हचुवाका भरमा तथ्यांक सङकलन गरेकाले उक्त त्रुटी भएको हो । २०६६ सालमा हलिया मुक्ती समाजले सो ठाउँमा छबिस पाथिभेरा गाउँपालिकाका कृष्ण थापालाई गणक राखेर हलियाको तथ्यांक लिएको थियो ।

वास्तविक हलिया सेवाबाट बञ्चित भएपछि आफुले राज्यबाट पाउनुपर्ने सुविधा को माग गर्दै सरोकारवालाहरुलाई गुहार्दै छन ।

थलारा गाउँपालिका ९ अफलाका प्यारु भुल,भिम भुल,मिनु शार्की, कैले दमाई, गिरी विक, ध्वज कामी,प्यारु कामी, बिर बहादुर शार्की, कलक शार्की, राम शार्की, जनक शार्की,सन्तोष नेपाली, सन्तोष बिक, कृष्ण विक, मुलु दमाइ लगायत सिराटा तथा खानीका पनि धेरै वास्तविक हलियाको नाम तथ्यांकमा उल्लेख भएको छैन ।

गणकको लार्पबाहिले गाउँमा वास्तविक हलियाको नाम छुटाएर गाउँमा जम्मा ७९ परिवारको नाम हलियामा समावेश गरेको छ ।  

त्यस्तै मष्टा गाउँपालिका को रिलुमा पनि ९ परिवार हलियाको सुचीमा समावेश भएको तर ४ परिवार मात्र हलिया भेटिएका जिल्ला मालपोत कार्यालयले जनाएको छ । यसरी यसरी वास्तविक हलिया को नाम तथ्यांकमा छुटाई काल्पनिक नाम तथ्यांकमा भेटिदा हलियाको तथ्यांक संकलन कार्य नै भद्रगोल भएको छ ।

राज्यले वास्तविक हलियाको नाम छुटाएर गाउँमा नामै नभएका मानिसहरुको नाम हलियाको सुचिमा राखेर वास्तविक हलियाहरुलाई राज्यले दिएको सेवाबाट बञ्चित गराएको थलारा गाउँपालिका ९ का जल विकले बताइन् । उनले गणकले गाउँका केहि मानिसहरुको नाम मिले थर नमिल्ने,थर मिले नाम नमिल्ने गरी तथ्यांक संकलन गरेको गुनासो पोखिन् । 

जिल्लाभरी २ हजार आठ सय ४८ मुक्त हलिया भएपनि १ हजार ९ सय एक जनाको मात्र प्रमाणित भएको र अन्यको छानविन गरी प्रमाणिकरण गरिने जनाएको छ । हलिया मुक्ती समाजले सङकलन गरेको तथ्यांकमा त्रुटी देखिएकाले वास्तविक हलियाको पहिचान गरी प्रमाणिकरण गर्नुपर्ने देखिन्छ । 

हाल हलियालाई पुर्नस्थापना गर्न ४० करोड बजेट जिल्लामा आएको छ । पुर्नस्थापना गर्न सरकारले क वर्गमा परेका हलियालाई जमिन खरिद र घर निर्माण गरी ५ लाख २५ हजार ख वर्गमा परेकालाई जमिन खरिदका लागि २ लाख, ग वर्गमा परेका हलियालाई घर निर्माणका लागि ३ लाख २५ हजार र घ वर्गमा परेकालाई घर मर्मतका लागि १ लाख २५ हजार सुविधा तोकेको छ ।

हाल जिल्लामा घर निर्माण बाफत १ सय २ परिवारलाई पहिलो किस्ता रकम बितरण गरेको,९ सय ९३ घर परिवारलाई घर मर्मतको लागि पहिलो किस्ता रकम बितरण गरेको र १ सय घर परिवारहरुलाई २ लाखका दरले रकम बितरण गरेको जनाएको छ । 

बझाङमा “क” वर्गका २७,“ख” वर्गका ५८,“ग” वर्गका ९ र “घ”वर्गका ४ सय ३३ परिवार गरी ५ सय २७ जनाले परिचय पत्र पाएका छन । गणकहरुले सम्बन्धित ठाउँमा गएर तथ्यांक नलिनाले यस्तो समस्या देखा परेको जिल्ला हलिया मुक्ती समाजले  जनाएको छ ।

साहुबाट लिएको क्रृणको ब्याजबाफत जीवनभर साहुको हलो जोत्नेलाई हलिया परिभाषित गरिएपनि कतिपय खलिया र दलित,गरिब परिवारको पनि हलियामा नाम समावेश भएकाले अन्यौल भएको छ ।

साविकको मालुमेला गाविसमा गणकका कारण तथ्यांक संकलनमा त्रुटी हुँदा समस्या देखिएको वास्तविक हलियाको छानविन गरी राज्यबाट पाउने सेवा सुविधा उपलब्ध गराउन पहल गर्ने जिल्ला मालपोत कार्यालयका प्रमुख कृष्ण बोहोराले बताए । 


माथिको तश्वीरमा: काल्पनिक हलिया का नाम मात्र तथ्यांकमा आएपछि वास्तविक हलिया झुटो तथ्यांक सङलकलाई कारवाही गर्नुपर्ने माग राख्न मालपोत कार्यालयमा | तस्बीर: सम्राट सिंह/ बझाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते