२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम : मङ्गलसैन नगरपालिकाको गाडी जलाउने दुई जना पक्राउ

५ जेष्ठ २०७६, आईतवार १२:३९

जेठ ५ अछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको फोर्ड कम्पनीको इन्डोभर गाडीमा आगजनी गरेको आरोपमा वडा नं १ का दुईलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गाडीमा आगजनी गरी नष्ट गर्ने कुन्तीवण्डालीका १९ वर्षका दीपेन्द्र जैगडी र सोही ठाउँका १९ वर्षका एकेन्द्रराज नाथलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । 

पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका भन्दै उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको र अनुसन्धान तीव्र पारिएको प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।

नगरपालिकाले पनि पाँच सदस्यीय छानबिन समिति बनाइ घटनाको अनुसन्धान गरिरहेको नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभयो । सो गाडीमा गत वैशाख ३१ गते राति सवा २ः०० बजेको समयमा आगजनी गरिएको थियो । उक्त गाडी नगरपालिकाले गत वर्ष मात्रै रु एक करोड २० लाख लागतमा खरीद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला