२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नुवाकोटमा मौरी व्यवसाय गर्ने किसानलाई मौरीको घार वितरण

२०७६, ६ जेष्ठ सोमबार ११:३३

जेठ ६, विदुर । विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई  आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान  ५० प्रतिशतमा घार वितरण गरेको हो ।  उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि संँगै दिएको जानकारी दिनुभयो । “किसानहरुलाई व्यावसायिक बनाउन पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको थियो,  उहाँले भन्नुभयो, “यसरी स्थानीयतहले किसानहरुलाई सहयोग गर्दा कृषि व्यवसायमा आकर्षण बढ्ने छ, युवाहरुको अझ बढी चासो हुनेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ ।”

 सो कार्यालयले मौरीको घारसहित उन्नत जातका मौरी,  मौरीको टोकाइबाट बच्न लगाइने मौरीटोपी, पञ्जा र पाइलट प्रोजेक्टर पनि वितरण गरेको  वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । शर्माले भन्नुभयो, “ मौरीपालन गर्ने किसानहरुका लागि नगरपालिकाले अनुदान मात्र दिएर हुँदैन, थप तालीमको आवश्यकता रहेको छ । हामी तालीमको पनि चाँडै व्यवस्थापन गर्नेछौँ ।” शर्माका अनुसार किसानका लागि मौरीबाट उत्पादित महको बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले सहयोग गर्नेछ । किसानलाई ५० प्रतिशत छुट गरी रु १२ हजार चार सयमा मौरी र घार दिइएको उहाँले जानकारी दिनुभयो  । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने