२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बाटो खन्ने क्रममा लडेर एक मजदुरको मृत्यु

७ जेष्ठ २०७६, मंगलवार ०४:४१

जेठ ७, बलेवा  ।  कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ । बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा पहराबाट ३० मिटर तल सडकमा खसेका थिए । घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो । अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले जानकारी दिनुभयो । मृतकको शव परीक्षणपछि धवलागिरि अञ्चल अस्पतालमा राखिएको छ ।

 नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्नेगरी बागलुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ । कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो । अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर सडक विस्तारको काम भइहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै