४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँचथर हत्याकाण्ड: यस्तो छ घटना अनुसन्धानको पछिल्लो अपडेट

८ जेष्ठ २०७६, बुधबार १८:३९

रवीन्द्र काफ्ले | जेठ ९, पाँचथर (रासस) |  सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त प्रमाण लिएर फर्किए पनि सीआइबिकै अर्को टोलीको नेतृत्वले स्थलगत अनुसन्धान जारी राखेको उपरीक्षक कुँवरले बताउनुभयो । “थप प्रमाण जुटाउन अनुसन्धान जारी रहन्छ” प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो, “घट्नामा संलग्नको पहिचानका लागि प्राप्त प्रमाणलाई विधिविज्ञान प्रयोगशालामा अनुसन्धान हुनेछ ।”

मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको बिभत्स हत्यामा बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमलाई प्रहरीले मुख्य अभियुक्त ठहर्याएको छ । माखिमको शव मङ्गलबार उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो । माखिमको शव फेला परेको स्थानबाट करीब १० मिनेटको पैदल दुरीमा रहेको मिक्लाजुङ गाउँपालिका–८ को मालबाँसे जङ्गलमा रगत लत्पतिएको दापसहितको एक थान खुकुरी, रगत लत्पतिएका तीन थान टिसर्ट, एक थान झोला, एक जोर चप्पल र एक थान हाफपाइन्ट फेला परेको थियो । 

थप अनुसन्धानका ती सामग्री प्रहरी विधि विज्ञान प्रयोगशालामा पुर्याइने भएको छ । “यी सामग्रीबाट सामूहिक हत्यामा संलग्नबारे केही प्रमाण जुट्नेछ” प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो, “बाँकी प्रमाणका लागि स्थलगत अनुसन्धान, सोधपुछ जारी रहनेछ ।”

सामूहिक हत्या प्रकरणमा मारिएका नौजना र आत्महत्या गरेका एक जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण र शवमाथि अनुसन्धान र प्रमाण सङ्कलन सम्पन्न गरिएको छ । “शव परीक्षण सकेर शव आज अपरान्ह ५ बजे आफन्तलाई जिम्मा लगाइएको छ”, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भन्नुभयो । 

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले वडाध्यक्ष हस्तराज फियाक समेतको सहभागितामा शव गाउँमा ल्याउँदै गरिएको जानकारी दिनुभयो । स्थानीयवासीले घटनामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुरको संलग्नता रहेको भए पनि उनी एक्लैले मात्रै घट्ना गराउन सम्भव नरहेको बताएका छन् । “एक्लैले यत्तिका मान्छेको हत्या गर्यो भनेर विश्वास गर्न सकिएको छैन्”, गाउँपालिका अध्यक्ष माखिमले भन्नुभयो,“गाँउका कसैले हत्याको घट्नाको कुनैपनि आवाज र होहल्ला नसुकेको भन्ने कुराले आश्चार्यमा परेका छौँ ।” 

बमबहादुर दम्पत्तिका छोरा नभएका कारण ज्वाइँ धनराजले ससुरालीभन्दा करीब डेढ किलोमिटर माथि घर जग्गा किनेर सासू ससुराको स्याहार गर्दै आएको वडाध्यक्ष हस्तराज फियाकको भनाइ छ । घट्नापछि प्रहरीको प्रारम्भिक अनुसन्धानले बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले श्रीमती मनकुमारीसँग नचाहेरपनि सम्बन्ध विच्छेद गर्नुपरेको झोकमा सबैको हत्या गरेको अनुमान गरेको थियो ।

माखिमले साढुदाइ धनराजका कारण आफूले श्रीमतीलाई छोड्नुपरेको बताउँदै आएको स्थानीयवासीको दाबी छ । मानबहादुर र मनकुमारीबीच हालै मात्र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेको वडाध्यक्ष फियाकले जानकारी दिनुभयो । घटना रहस्यमय भएका कारण प्रहरीले विस्तृत अनुसन्धान गर्ने जनाएको छ । “अहिले नै सबै प्रमाण जुट्ने र हत्याको कारण, हत्यामा संलग्नबारे पहिचान हुनसक्दैनन्” प्रहरी निरीक्षक पौडेलले भन्नुभयो “विस्तृत अनुसन्धान, शव परीक्षण रिपोर्ट लगायतपछि कुनै निष्कर्ष निस्केला ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ