२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा आगलागी हुँदा सात घर जलेर नष्ट

२०७६, ११ जेष्ठ शनिबार ११:३५

जेठ ११, अछाम । अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरुमा सल्किएको हो । 

वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी पदम बुढाले जानकारी दिनुभयो । आगलागी भएपछि पशुचौपाया मर्नुका साथै खाद्यान्न, लत्ता कपडालगायत नगद तथा जिन्सी क्षति भएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको तर स्थानीयवासीका ६० वटा बाख्रा, एक गोरु जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक  जनकबहादुर शाहीका अनुसार आगलागीबाट रु एक करोड ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिप्रका, इलाका प्रहरी कार्यालय कमलबजार र ढकारी प्रहरीचौकीबाट १९ जना प्रहरी र स्थानीयवासीको सहयोगमा राति ११ बजे आगो नियन्त्रणमा लिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने