२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पुनःनिर्माणमा नयाँ अभ्यास : काठैकाठ प्रयोग गरेर घर निर्माण

१२ जेष्ठ २०७६, आईतवार ०२:१०

जेठ १२, बेत्रावती । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ ।

 विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित भएका छन् । 

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पु¥याउन आउनुभएका अष्ट्रियाली नागरिक राफायल लङ्गेहोस्र्तको नेतृत्वमा रहेको यहाँका निर्माणकर्मी सम्मिलित टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गरेर घरको जग तहसम्म पूरा गरेपछि त्यसपछि काठैकाठ प्रयोग गरेर घर बनाएका छन् । ती घर बहुविपत् प्रतिरोधी रहेको पुष्टि गर्दै भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणमा सहयोगस्वरुप सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत दिएको विनपा–९ का वडाध्यक्ष सनी चित्रकारले जानकारी दिनुभयो ।

 उहाँका अनुसार गारोमा काठ मात्र प्रयोग गरेर बनाइएको घर भूकम्प र आगलागीबाट सुरक्षित रहेको भनेर इञ्जिनीयरबाट सिफारिश भएकाले रु तीन लाख अनुदान उपलब्ध गराइएको छ । ढुङ्गा–माटोबाट बनेका परम्परागत शैलीका अधिकांश घरलाई भूकम्पले क्षति पु¥याएका कारण जोखिमबाट बच्न हाल नयाँ प्रविधिको रुपमा काठको प्रयोग गरेर घर बनाइएको जफतीका कृष्णबहादुर बोगटीले बताउनुभयो ।

 उहाँको अनुसार जफतीको स्थानीयका केही निजी घर र स्वास्थ्यचौकी काठैकाठ प्रयोग गरेर बनाइएको छ । घरको छानामा भने टायल लगाइएको छ । “बासोबास गर्न स्वास्थ्यको दृष्टिकोणले ढुङ्गामाटो प्रयोग गरिएका घर प्रभावकारी भए पनि भूकम्पबाट जोगाउन चुनौती भएकाले काठैकाठको गारो बनाएर घर बनाएका हौँ”, बोगटीले भन्नुभयो, “काठले बनाएका घर भूकम्पले सजिलै नलडाउने, जाडोमा न्यायो र गर्मीमा चिसो महसुस हुने, मुसालगायतका जीवजन्तुको प्रभाव नपर्ने देखिएको छ ।”

 काठैकाठको घर बनाउन प्रयोग भएका काठ भने हाल अधिकांश विदेशबाट आयात भइरहेको छ । नेपालको उच्च भू–भागमा पाइने गोब्रेसल्ला जातको काठ ल्याएर यहाँ घर बनाउन व्यस्त अष्ट्रियाका नागरिक राफायल लङ्गेहोस्र्तले आफ्नो देशको उत्कृष्ट नमूनालाई नेपालको भूकम्पपछिको पुनःनिर्माणमा प्रयोगमा ल्याएको बताउनुहन्छ ।

 निर्माणमा प्रयोग गरिने उक्त काठलाई सिजनिङ तथा प्रशोधन गरिएकाले आगो लागेमा सजिलै नसल्कने, आकर्षण एंव मौलिकपन सुहाउँदो देखिएकाले धेरैको छनोटमा पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान