२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर : विमानस्थल पुनः सञ्चालनको माग

१३ जेष्ठ २०७६, सोमबार ०८:३१

जेठ १३, भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । 

विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ । 

सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ ।

पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर दबाब सिर्जना गर्न थालिएको छ । मझगाउँ विमानस्थल सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करनसिंह पालले बन्द विमानस्थल सुचारुका लागि विभिन्न निकाय, सङ्घ संस्था, स्थानीय तह र स्थानीय प्रशासकसंग चरणवद्ध छलफल तथा अन्तरक्रिया भइरहेको जानकारी दिनुभयो ।

सङ्घर्ष समितिले मझगाउँ विमानस्थलमै आज कञ्चनपुरका सञ्चारकर्मीसंग गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखासहित यहाँका सञ्चारकर्मी पनि विमानस्थल पुनः सञ्चालनमा एक्यवद्धता जनाएको छ । 

‘आजै बेलुकी यहाँका राजनीतिक दल र तीनका भातृ सङ्गठनसित पनि छलफल कार्यक्रम तय भएको छ ।’ पालले भन्नुभयो, “जनप्रतिनिधिदेखि स्थानीय प्रशासनका प्रमुखसित यस विषयमा गम्भीर छलफल गरेर अघि बढ्ने छौं ।”

असुरक्षाका कारण देखाउँदै २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल बन्द हुन पुगेको थियो । ‘हरेक दलहरुका चुनावी प्रतिबद्धतामा मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने विषय प्राथमिकतामा परेको भए पनि अहिलेसम्म यो सञ्चालनमा आउन सकेको छैन’, सङ्घर्ष समितिका संयोजक रमेश चन्दले भन्नुभयो, “अब सामूहिक रुपमा एकताबद्ध भई पुनः सञ्चालनको अभियानमा सबैले हातेमालो गर्नु जरुरी छ ।”

उहाँले कञ्चनपुरवासीले  झण्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनु पर्ने बाध्यता रहेको  परेको बताउनुभयो ।

‘यहाँ विमानका लागि यात्रु पुग्दैनन् भन्ने पनि छैन ।’ चन्दले भन्नुभयो,“आवश्यक भौतिक पूर्वाधारको सदुपयोग गरेर विमानस्थल सुचारु गर्नु जुरुरी छ ।”

विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ । ‘यहाँबाट भारतको राजधानी नयाँ दिल्लीसम्मको अन्तर्राष्ट्रिय उडान गराउन सके सुदूरपश्चिमको पर्यटनको विकासका लागि ठूलो टेवा पुग्नसक्छ’, चन्दले भन्नुभयो, “यो सामाजिक अभियानमा सबै एकजुट भएर लाग्नुपर्छ । ”

झण्डै ५३ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावनमार्ग समेत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो