२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रअ विवाद्का कारण शिव उमाविमा पठनपाठन प्रभावित, परिक्षा अलपत्र

२०७२, ४ मंसिर शुक्रबार २१:१६

कृष्ण कँडेल/ मंसिर ५, काँडेवास । शिव उच्चमाध्यमिक विद्यालय काँडेवासमा प्रधानाध्यपक नियुक्तिको विषयमा विवाद हुँदा एकहप्तादेखि पठन पाठन प्रभावित भएको छ । प्रअ नियुक्तिमा असहमती जनाएका केहि शिक्षकले नियमित शिक्षण नगर्दा उच्च मावि तहको पढाई प्रभावित भएको बताईएको छ । यस अघि नै तयभएको माध्यमिक तहको परिक्षा समेत अलपत्र परेको विद्यार्थीले गुनासो गरेका छन । विवाद बढेपछि विद्यालय व्यवस्थापन समितिले कार्यवाहक अध्यक्ष ईन्द्रमणी चालिसेका छोरा हरि चालिसेलाई प्रधानाध्यपक बनाउने निर्णय गरेपछि विवाद झन चर्किएको हो । प्रधानाध्यापकमा आफुले दावि गर्नुभएका भरत गौतमले प्रक्रिया मिचेर समितिले वैठक समेत बागलुङ बजारमा गरेर बहुमतको वलमा गरिएको प्रधानाध्यपकको नियुक्ति मान्य नहुने बताउनुभएको छ ।

उच्चमावि तर्फ सरकारले दिने अनुदान दरवन्दीमा एकै दिन नियुक्ति भएका हरि चालिसे र भरत गौतम विच प्रअ को हुने भन्ने विवाद्विच चालिसेलाई प्रअ बनाएपछि बिवाद बढेको हो । गैतमले चाहि अनुदानमा नियुक्त हुनुभन्दा पहिल्यै निजीस्रोतमा रहेकाले वरिष्ठतामा आफु अघि रहेको दावि गर्नुभएको छ । उहाँले उच्चमाविको राहात दरवन्दीमा हरि चालिसको कागजपत्र राखेर तलव निकासा गर्न मात्र उमावि अनुदान दरवन्दीमा नियुक्ति गरिएपनि नियमित पठनपाठनमा नआएको बताउनुभयो । चालिसे नियुक्त भएको २ महिनापछि मात्र विद्यालयमा हाँजिर भएका कारण हाँजिरीलेपनि आफु प्रअ हुनपाउनुपर्ने गौतमको दावि छ । गौतमले हरि चालिसेलाई नै प्रअ बनाउनु पर्ने भएपनि विद्यालयमै बैठक हुनुपर्ने भन्दै आफुमाथि अन्याय भएको वताउनुभएको छ । राजनैतिक पुर्वाग्रह राखेर आफुलाई प्रअ हुनबाट रोकिएको गौतमको आरोप छ । तर विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ईन्द्रमणी चालिसेले विवाद्का कारण प्रअ नियुक्तिको विषय व्यवस्थापन समितिमा टुङ्गो नलागेपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा हरि चालिसेलाई नियुक्त गरिएको बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले अनुदान कोटामा दुवै जनाको उहि दिन नियुक्ति भएको हुँदा कस्लाई प्रअ बनाउने भन्ने निर्णय समितिले गर्न सक्ने सुझव दिएपछि चालिसेलाई प्रअ बनाउने निर्णय भएको बताउनुभयो । कार्यवाहक अध्यक्ष चालिसेले दशैँ अघि नै शिक्षकलाई तलव खुवाउन प्रअ विवादलाई तत्काल समाधान गर्नका आफु लगायत समितीका कोहि सदस्य बागलुङ भएको अवस्थामा अन्य सदस्यलाईपनि उतै बोलाएर बैठक निर्णय गर्नुपरेको बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले चाहि शिक्षा कार्यालयबाट तलव पाउने अनुदान दरवन्दीमा दुवैजनाको एकै दिनको नियुक्ति देखिएका कारण विद्यालय व्यवस्थापन समितिले जसको पक्षमा निर्णय गरेपनि जिशिकालाई मान्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन