४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रअ विवाद्का कारण शिव उमाविमा पठनपाठन प्रभावित, परिक्षा अलपत्र

४ मंसिर २०७२, शुक्रबार २१:१६

कृष्ण कँडेल/ मंसिर ५, काँडेवास । शिव उच्चमाध्यमिक विद्यालय काँडेवासमा प्रधानाध्यपक नियुक्तिको विषयमा विवाद हुँदा एकहप्तादेखि पठन पाठन प्रभावित भएको छ । प्रअ नियुक्तिमा असहमती जनाएका केहि शिक्षकले नियमित शिक्षण नगर्दा उच्च मावि तहको पढाई प्रभावित भएको बताईएको छ । यस अघि नै तयभएको माध्यमिक तहको परिक्षा समेत अलपत्र परेको विद्यार्थीले गुनासो गरेका छन । विवाद बढेपछि विद्यालय व्यवस्थापन समितिले कार्यवाहक अध्यक्ष ईन्द्रमणी चालिसेका छोरा हरि चालिसेलाई प्रधानाध्यपक बनाउने निर्णय गरेपछि विवाद झन चर्किएको हो । प्रधानाध्यापकमा आफुले दावि गर्नुभएका भरत गौतमले प्रक्रिया मिचेर समितिले वैठक समेत बागलुङ बजारमा गरेर बहुमतको वलमा गरिएको प्रधानाध्यपकको नियुक्ति मान्य नहुने बताउनुभएको छ ।

उच्चमावि तर्फ सरकारले दिने अनुदान दरवन्दीमा एकै दिन नियुक्ति भएका हरि चालिसे र भरत गौतम विच प्रअ को हुने भन्ने विवाद्विच चालिसेलाई प्रअ बनाएपछि बिवाद बढेको हो । गैतमले चाहि अनुदानमा नियुक्त हुनुभन्दा पहिल्यै निजीस्रोतमा रहेकाले वरिष्ठतामा आफु अघि रहेको दावि गर्नुभएको छ । उहाँले उच्चमाविको राहात दरवन्दीमा हरि चालिसको कागजपत्र राखेर तलव निकासा गर्न मात्र उमावि अनुदान दरवन्दीमा नियुक्ति गरिएपनि नियमित पठनपाठनमा नआएको बताउनुभयो । चालिसे नियुक्त भएको २ महिनापछि मात्र विद्यालयमा हाँजिर भएका कारण हाँजिरीलेपनि आफु प्रअ हुनपाउनुपर्ने गौतमको दावि छ । गौतमले हरि चालिसेलाई नै प्रअ बनाउनु पर्ने भएपनि विद्यालयमै बैठक हुनुपर्ने भन्दै आफुमाथि अन्याय भएको वताउनुभएको छ । राजनैतिक पुर्वाग्रह राखेर आफुलाई प्रअ हुनबाट रोकिएको गौतमको आरोप छ । तर विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ईन्द्रमणी चालिसेले विवाद्का कारण प्रअ नियुक्तिको विषय व्यवस्थापन समितिमा टुङ्गो नलागेपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा हरि चालिसेलाई नियुक्त गरिएको बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले अनुदान कोटामा दुवै जनाको उहि दिन नियुक्ति भएको हुँदा कस्लाई प्रअ बनाउने भन्ने निर्णय समितिले गर्न सक्ने सुझव दिएपछि चालिसेलाई प्रअ बनाउने निर्णय भएको बताउनुभयो । कार्यवाहक अध्यक्ष चालिसेले दशैँ अघि नै शिक्षकलाई तलव खुवाउन प्रअ विवादलाई तत्काल समाधान गर्नका आफु लगायत समितीका कोहि सदस्य बागलुङ भएको अवस्थामा अन्य सदस्यलाईपनि उतै बोलाएर बैठक निर्णय गर्नुपरेको बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले चाहि शिक्षा कार्यालयबाट तलव पाउने अनुदान दरवन्दीमा दुवैजनाको एकै दिनको नियुक्ति देखिएका कारण विद्यालय व्यवस्थापन समितिले जसको पक्षमा निर्णय गरेपनि जिशिकालाई मान्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ