२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर

२०७६, १७ जेष्ठ शुक्रबार ०७:१७

जेठ १७, भद्रपुर ।  झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो ।

केही दिनयता बाहुनडाँगीको बस्ती नजिकैको चिया बगान र अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित किसानका उखुबारीमा बच्चासहित आधा दर्जन हात्ती दिउँसै पसेर गाउँलेलाई आतङ्कित पारेपछि वन कार्यालयले जङ्गली हात्तीको आक्रमणबाट जोगिन आवश्यक पर्ने कुराहरु लेखेर पोस्टर टाँस्न थालेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । 

पोस्टरमा सानो बच्चासहित हात्ती रहेको, जम्काभेटमा अचानक हात्तीको नजिक पुगेको अवस्थामा, चरिरहेको बेला जिस्काएर होहल्ला गरेमा, आगोको अगुल्टा वा कुनै वस्तुले हात्तीलाई हानेमा पनि आक्रमण गर्नसक्ने उल्लेख गरिएको छ । हात्तीको शारीरिक हाउभाउ हेरेर रिसाएको वा नरिसाएको थाहा पाउने तरिका र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने हाम्रा कर्तव्यको बारेमा समेत बँुदागत रुपमा पोस्टरमा उल्लेख गरिएको छ । उहाँका अनुसार झापाको हल्दिबारी, बुद्धशान्ति गाउँपालिका, भद्रपुर, अर्जुनधारा, मेचीनगर नगरपालिकाभित्र रहेका सामुदायिक वनमा १३ बढी रैथाने हात्ती रहेका छन् । किसानले लगाएको मकै, धान पाक्न शुरु गरेसँगै हात्ती गाउँ पस्न थालेको उहाँको भनाइ छ ।

प्रमुख घिमिरेले हात्ती प्रभावित क्षेत्रमा साइरनसहितको गाडी लिएर वन हेरालुहरुले दिनरात गस्ती गरिरहेको बताउनुभयो । मानव–हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६७÷६८ देखि चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा झापाका ३८ ले हात्तीका कारण ज्यान गुमाइसकेका छन् । मान्छेका कारण १० हात्ती मरेका उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि