2026-09-13 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकोप्टरमार्फत पुगे त्रिदेशीय नाकामा सुरक्षाकर्मी

नरेन्द्रसिंह कार्की, जेठ १७ दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिपटरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो ।

नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पु¥याइएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पु¥याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो । 

त्रिदेशीय नाका छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भए पनि सुरक्षाकर्मी नसरेको भन्दै गत साता राससमा समाचार प्रकाशित भएको थियो । नेपालतिर सडक नहुँदा माथि उक्लिन नसकेको प्रहरीलाई हेलिकप्टरमार्फत छाङ्गरुको सीतापुल पु¥याइएको छ । सीतापूलमा केही दिन बसेपछि आधा प्रहरी तिङ्कर चौकीमा सर्ने नायब उपरीक्षक शाहीले बताउनुभयो । नेपालतिर हतियारसहित चौकी सार्न बाटोघाटो थिएन् । स्थानीयवासीले भारतीय बाटो भएर बसाइँ सरे पनि प्रहरीका लागि हतियार लिन समस्या थियो । सर्वसाधारणले छाङगरु तिङकर जान नेपाल र भारत दुवैतर्फबाट बहुयात्रा अनुमति बनाउनुपर्छ । सोही माध्यमबाट उनीहरु भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए ।

“स्थानीय भारतीय मार्ग भएर गाउँ गइसकेको अवस्थामा सुरक्षाकर्मीमाथि लैजान हेलिकप्टरबाहेकको विकल्प थिएन्”, प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो, “सञ्चार माध्यममा समाचार प्रकाशित भइसकेपछि झन प्रहरी समयमै पु¥याउनुपर्ने बाध्यता थियो ।”

प्रहरीले हातहतियारसहितमाथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारले पहिलो पटक ब्यासको त्रिदेशीय क्षेत्र छाङगरु तिङकरका लागि हेलिकप्टर पठाएको हो । नेपालतिरको बाटो गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा बनाए पनि महाकाली नदीको डुबानमा परेपछि बाटो अवरुद्ध छ । भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो । 

भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विस्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको स्थानीयवासीको भनाइ छ । ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नहुँदा प्रहरीले आफ्नो रासन भारतीय बाटो भएर सीतापुल पु¥याएको हो । प्रहरीले हेलिकप्टरमार्फत हतियार, सञ्चार सेटलगायत प्रहरी जवान पु¥याएको हो । राज्यको उपस्थितिका नाममा प्रहरी मात्रै यो क्षेत्रमा हुने गरेको छ । 

यस्तै हेलिकप्टरमार्फत छाङगरु तिङकरको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, प्रहरी नायब उपरीक्षक शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमचन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुँवर, दुर्गादल गुल्मका निमित्त गुल्मपति खड्कध्वज कार्की लगायतले यस क्षेत्रको अनुगमन गरेका छन् ।

हेलिकोप्टरमार्फत त्यस क्षेत्रको भूगोल प्रहरी बस्ने ठाउँ लगायतको बारेमा सामान्य जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी बहादुर विष्टले बताउनुभयो । हेलिकोप्टरमार्फत पहिलो पटक सुरक्षाकर्मी पुगेपछि स्थानीयमा समेत राज्यको उपस्थित भयो भन्ने आभास पाइएको उहाँले जानकारी दिनुभयो । 

ब्यास क्षेत्र उच्च भू–भागमा अवस्थित भएका कारण छमहीना मात्रै स्थानीयवासीको बसोवास हुन्छ । यहाँका स्थानीय खलङगाझरेसँगै सीतापुल प्रहरीचौकी ब्यासको दुम्लीङ झर्ने गर्छन् । यहाँ चार÷पाँच फिट हिउँ जम्ने गर्छ । प्रहरीले केही दिनअघि हतियार बिनाका प्रहरी दुम्लीङबाट सीतापुल पठाएको थियो । विगतमा यस क्षेत्रमा राज्यको उपस्थित नहुँदा चोरी शिकारी, आखेटोपहार ओसारपसार तथा नेपालतिरको जङ्गल भारतीय पक्षले फँडानी गर्ने गरेका घट्ना बेला बेलामा आउने गरेका  थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले