२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

डुडेवाचौर सामुदायीक वनको रजत महोत्सव तथा विधान संसोधन भेला (फोटो फिचर)

२०७६, १८ जेष्ठ शनिबार ०१:३२

कमल पौडेल | जेठ १८, बागलुङ | जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामुदायीक वन नेपालकै सफल कार्यक्रम भएको बताउनु भएको छ । डुडेवाचौर सामुदायीक वनको रजत महोत्सव तथा विधान संसोधन भेलाको उद्घाटन गर्दै उपप्रमुख भुसालले बनलाई उपयोग गरेर आयआर्जन बढाउन सकिने वताउनु भएको छ । 


पानिको मुहान देखि हरेक पलको अक्सिजन बनले दिने भन्दै बन जोगाउने अभियानमा उपभोक्ताको भूमिकाको प्रशंसा गर्नुभएको छ । सरकार सुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अगाडि वढिरहेको भन्दै जनप्रतिनिधिको हैसियतले आफू जनताको माझमै रहेको वताउनु भएको थियो । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, डिभिजन वन कार्यालय खर्वाङका प्रमुख दिपक श्रीस, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणी भण्डारी, संस्थापक नरिश्वर खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


कार्यक्रममा सामुदायीक वनका अध्यक्ष कृष्ण प्रसाद खरेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मन वहादुर थापाले १२ लाख वढिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सामुदायीक वन उपभोक्ता समितिका संस्थापक सदस्य, सामाजिक क्षेत्रमा योगदान गरेको विभिन्न व्यक्ति तथा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता, सदस्य सरस्वती रानाको स्वागत मन्तव्य तथा उपाध्यक्ष मेघनाथ खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै