२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

जेठ ३२, भद्रपुर । देश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताउनुभयो । उहाँले दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालू आर्थिक वर्षबाटै कार्यक्रम शुरु गर्ने गरी सगरमाथा टिन्स क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागू गरेको जानकारी दिनुभयो । 

अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लव (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्नेछन् । क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने छ । पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ । 

प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिने छ । 

हरेक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा सात सदस्यीय विद्यालय तहको कार्यक्रम कार्यान्वयन समिति गठन गरिने र विभिन्न विषयका विज्ञ एवं सेलिब्रेटीलाई ल्याएर विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन गरिने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले विद्यालयमा आधारित सचेतना र जागरणमूलक यो कार्यक्रमले विद्यार्थीलाई असल मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने आशा गरिएको बताउनुभएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रदेश सरकारले लागू गरेको सगरमाथा टिन्स क्लब (एसटीएस) सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम जिल्लाका १५ वटै तह र सबै माध्यमिक विद्यालयमा ‘म अघि बढ्छु’ अभियान लैजाने तयारी भइरहेको जानकारी दिनुभएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीको उपस्थिति र प्रजिअ दाहालको अध्यक्षतामा शुक्रबार झापा जिल्ला प्रशासन कार्यालयमा अभियानको जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

प्रदेश सरकारद्वारा नियुक्त कार्यक्रम संयोजक नवराज राईले विद्यालयमा गठन हुने हरेक क्लबलाई बीउ पूँजीको रुपमा प्रदेश सरकारले बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले प्रदेश सरकारले ल्याउन लागेको ‘म अघि बढ्छु’ अभियान अत्यन्त राम्रो भएको बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा