२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

२०७६, ३२ जेष्ठ शनिबार १२:४७

जेठ ३२, रुकुम | रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । दुई सय १० जना बेरोजगारलाई एक महीनाका लागि रोजगारी दिने उद्देश्यले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो ।

आज मुसीकोट नगरपालिका– ५ शेरीगाउँमा रहेको नगरपालिका कार्यालय अगाडिको सडकमा वर्षात्का कारण भरिएका नाली सफा गर्दै यो कार्यक्रमको शुरुआत गरिएको हो । रोजगारीका लागि छनोट भएकालाई अब आइतबारदेखि वडावडामा छानिएका योजनामा खटाइने नगरपालिकाले जनाएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा आएको रु ४३ लाख बजेट नगरका १४ वडाका २१० जनाले झण्डै एक महीना बराबरको रोजगारी पाउने नगरपालिकाका रोजगार संयोजक माया श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमकाका लागि दुई दर्जन बढी योजना छनोट भएका छन् । जसमध्ये सबैभन्दा बढी गोरेटो बाटो निर्माणसम्बन्धी रहेका छन् । 

प्रतिक्षालय, चौतारी, खेल मैदान, सचेतना केन्द्र भवन, वाल जाली निर्माण, बालमैत्री शौचालय, धारा, सामुदायिक भवन, पर्खाल र विद्यालयका फिल्ड निर्माणका योजना पनि रहेको संयोजक श्रीवास्तवले बताउनुभयो । कम पर्ने वडामा एउटा र बढी पर्ने वडामा ३०० सम्म योजना परेको बताइएको छ ।

रोजगारीका लागि छनोटमा परेकाका लागि नगरपालिकाले अभिमुखीकरणको आयोजना गरेको थियो । नगर प्रमुख देविलाल गौतमले आफूले पाएका जिम्मेवारी इमान्दारीताका साथ निर्वाह गर्न रोजगारीको अवसर पाएकालाई अनुरोध गर्नुभयो । 

चौधवटै वडाबाट बोलाएर उनीहरुले गर्नुपर्ने कामका बारेमा सम्झाएर पठाएको रोजगार संयोजक श्रीवास्तवको भनाइ छ । उनीहरुले आइतबारदेखि वडावडामा छनोट भएका योजनामा काम गर्ने छन् ।  

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छ स्थानीय तहका लागि रु दुई करोड सात लाख जिल्लामा आएको छ । सबैभन्दा बढी बजेट मुसीकोटमा आएको छ भने बढी बेरोजगारलाई मुसीकोटले नै रोजगार बनाउँदै छ । जिल्ला भरमा ९३४ बेरोजगारले रोजगारी पाउँदै छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै