२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा समृद्धिको झल्को

२०७६, २ असार सोमबार १२:०८

पवित्रा घिमिरे, असार २, रामपुर । पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका  लागि भत्ता वृद्धि भएसँगै खुशीले दङ्ग परेका ज्येष्ठ नागरिक मात्रै होइन दिनभरि खाली समय व्यतीत गरेका युवा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएपछि खुशी भएका छन् ।  शुरुमा गाउँमै आउँछ सिंहदरबार भन्दा दरबार आए पनि त्यस्तै हो  भनेका नागरिक अहिले भने विश्वस्त बनेका छन् ।

 निस्दी गाउँपालिकामा  टुकीमा जीवनयापन गरेका नागरिक गाउँपालिकाले सौर्यऊर्जा बाँडेपछि सहज सेवा महसुस गरेका छन् भने प्रदेश नम्बर ५ सरकारको पहलमा सौर्यबाटै जिल्लामा पहिलो पटक पानी तानेर खानेपानी सुविधा पुगेको छ ।

निस्दी तथा पूर्वखोला गाउँपालिकालगायत क्षेत्रमा घरघरमै पुगेर वृद्धभत्ता वितरण तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । निस्दी – ६ अर्चले पाल्पामा लाम बसेर चर्को घाममा भत्ता बुझ्दै आएका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता वितरण गर्न पाएकामा अत्यन्तै खुशी लागेको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो । निस्दीमै आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रमअनुसार घरमै पुगेर स्वास्थ्य परीक्षण थालिएको छ ।

त्यस्तै पूर्वखोलामा पनि एक घर एक धारा कार्यक्रम लागु गर्न प्रदेश नम्बर ५ सरकारको सहयोग र  खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको समन्वयमा लिफ्टिङ खानेपानी योजनाको शिलान्यास गरिएको प्राविधिक शोभाखर अधिकारीले जानकारी दिनुभयो । स्थानीय पूर्णबहादुर सारुले लाम बसेर एउटै धारामा पानी भरेर खानुपर्ने समस्या समाधान हुने भएपछि खुशी लागेको बताउनुभयो । 

यस वर्ष सङ्घीय सरकारको  विकास योजनाअन्तर्गत गण्डकी प्रदेशको भिमाददेखि –प्रदेश ५ को पाल्पा रामपुर हुँदै अरुणखोलाको मोटरबाटो स्तरोन्नतका लागि रु पाँच करोड र  असेर्दी ताहँु झडेवा खैरेनी सडक निर्माणका निम्ति रु एक करोडसमेत विनियोजन गरिएको  प्रतिनिधिसभाका सदस्य दलबहादुर रानाले जानकारी दिनुभयो ।

कालीगण्डकी लिफ्ट खानेपानी योजनाका निम्ति पनि पहल हुने भएको छ । रामपुर नगरपालिका –१ र २ लाई खानेपानी सुविधा दिने गरी कालीगण्डकी नदीबाट पानी तानेर गाउँमा खानेपानी सुविधा दिने योजना रहेको सांसद रानाको भनाइ छ ।  यस्तै पाल्पाको राम्दीदेखि गैंडाकोटसम्म कालीगण्डकी जलयात्राको सम्भाव्यता अध्ययन गरिने भएको छ । यस क्षेत्रमा नियमित जलयात्राको केही दिनमा सम्भाव्यता अध्ययन गरेर यात्रासँगै सामान ढुवानी गर्न सहज हुनेछ । कालीगण्डकीको पानीमा जलयात्रा मात्रै नभएर स्टिमरलगायत साधनबाट सहज सेवा पु¥याउने उद्देश्य रहेको सांसद रानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने