Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो ।

उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको  प्रहरीले जनाएको  छ । दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते हुनुभएको छ । उहाँ¬को अवस्था गम्भीर रहेको छ । घाइते गिरीको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेपाली स्याटलाइटले आजबाट पृथ्वीको परिक्रमा थाल्यो

नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ ।

यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो ।

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।