२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुवै मिर्गाैला फेल भएका युवाको उपचारमा समस्या

२०७६, ३ असार मंगलवार ०५:१८

असार ३, पर्वत । दुवै मिर्गाैला फेल भएपछि पर्वतका एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदीको दुवै मिर्गाैला फेल भएपछि अहिले जीवनमरणको दोसाँधमा छन् ।

विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहेका सुवेदी अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । 

उनी रोजगारीको सिलसिलामा विगत २६ वर्षदेखि भारतको नयाँदिल्लीमा बस्दै आएका थिए । दुवै मिर्गाैला फेल भएपछि उनी अहिले नेपाल आएका छन् । उनका एक छोरी र दुई छोरा छन् । कमाउने मान्छे नै बिरामी भएर थला परेपछि अहिले उनको परिवारमा ठूलो आर्थिक सङ्कट परेको छ ।

सुवेदीले विगत एक महीनादेखी पोखरा तथा काठमाडाँैका विभिन्न अस्पतालमा मिर्गाैलाको उपचार गराइरहेका छन् । सुवेदीकी श्रीमती लक्ष्मी सुवेदीले आफ्नो मिर्गाैला दिएर बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको गुनासो गर्नुभयो । लक्ष्मीले भन्नुभयो, “मेरो मिर्गाैला दिएर श्रीमान्लाई बचाउँछुभन्दा पनि पैसाको अभाव भयो ।’

आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान्को उपचारमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले सहयोग गरेमा उहाँले पुनःजन्म पाउनुहुन्थ्यो ।” एक महीनाको अवधिमा कमाएको सबै पैसा सकिएपछि अब घर फर्किएर मृत्यु कुर्नुको विकल्प नरहेको आफन्तले बताएका छन् ।  बुद्धिप्रसाद सुवेदीलाई सहयोग गर्न चाहनेले कृषि विकास बैंकको खाता नं ०३१६४०१४३६४१८०१५ मा रकमा जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । उनको जीवनरक्षाका लागि विभिन्न सङ्घसंस्था, सरकारी निकाय र आफन्तलाई सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन