२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली नदिमा बेपत्ता भएका मध्ये ६ जनाको परिचय खुल्यो (नाम सहित)

२०७६, ३ असार मंगलवार १०:३५

असार ३, काठमाडौँ | कर्णाली नदिमा जीप दुर्घटना हुदा दर्जन बढी वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदिमा खसेको हो । 

जीप खस्दा जीपमा सवार दर्जन भन्दा बढी बेपत्ता भएका छन्  । जीपमा एकिन कति जना सवार थिए भन्ने थाहा नभएपनि ६ जनाको परिचय खुलेको छ ।  खार्पुनाथ गाउँपालिकाका एक अधिकारीले दिएको जानकारी अनुसार जीपमा गाउँपालिकाकि उपप्रमुख शिन्दु हमाल शाही, उनको भाई चन्द्र हमाल, जीपका चालक मणि शाही, सोहि गाउँपालिकाकि वसन्ती शाही, नन्ददेवी सिंह र ढुकु भण्डारी सवार थिए । बाँकी कति जना उक्त जीपमा सवार थिए भन्ने एकिन छैन । जिल्लाबाट आएका केहि स्रोतको समाचार अनुसार उक्त जीपमा १६ जना रहेको भनिएको छ ।  

खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार उक्त जिप हुम्लाको सिमिकोटबाट गाउँपालिका कार्यालय आउने क्रममा करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेर दुर्घटनामा परेको बताएका छन् । 

जीपनै कर्णाली नदीमा खसेर बेपत्ता भएपछि अहिले नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धारको प्रयास भईरहेको छ । नदीमा खसेको जीप केहि बेरमै नदीमा डुबेपछी कहाँनेर डुब्यो भन्ने थाहा छैन । घटना लगत्तै सिमकोट विमानस्थलबाटै फिस्टेल एयरको हेलिकप्टर मार्फत घटनास्थलमा सुरक्षा निकाय पुगेर खोजि कार्य गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै