२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिकलसेल बिरामीको निःशुल्क उपचार गर्दै उपमहानगर

२०७६, ३ असार मंगलवार ११:१६

असार ३, घोराही । घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सो रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको हो ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा समेत उक्त रोगका बिरामीलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याएकामा सोहीअनुरुप आफ्नो क्षेत्रभित्र सिकलसेलका बिरामीको तथ्याङ्क सङ्कलनका लागि  निःशुल्क शिविर आयोजना गरिएको उपमहानरले जनाएको छ । 

स्वास्थ्य शाखाले रामपुर, नारायणपुर र सौडियारमा एक÷एक दिन शिबिरमार्फत स्वास्थ्य जाँच गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । प्रायः थारू समुदायका व्यक्तिमा उक्त रोग देखिएकाले सोही समूदायलाई नै प्राथमिकतामा राखेर जाँच गरिने उहाँको भनाइ थियो ।तीन दिनमा करीब एक हजार व्यक्तिको प्रारम्भिक जाँच गर्ने र आवश्यक परामर्श तथा उपचार गर्नुपर्ने भए सम्बन्धित अस्पतालमा पठाइने गरी तयारी भएको उपमहानगरपालिकाका डा प्रभात रिजालले जानकारी दिनुभयो । नेपालमा थारू समुदायमा देखिने उक्त रोग वंशाणुगत कारणले हुने गरेको डा रिजालले बताउनुभयो । उहाँका अनुसार अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल बिरामीको निःशुल्क उपचारको व्यवस्था भए पनि नियमित नभएको बिरामीले गुनासो गरेपछि उपमहानगरले सिकलसेल बिरामीको जिम्मेवारी लिएको हो । 

नगरप्रमुख नरुलाल चौधरीले सो रोगका विषयमा सचेतना र उपचारमा सरकार प्रतिबद्ध रहेको हुँदा आफूहरुले सिकलसेलका बिरामीको उपचारलाई प्राथमिकतामा राखेकोे जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन