२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा गर्मी बढेसँगै रगतको अभाव

२०७६, ४ असार बुधबार ०८:२६

असार ४, चितवन ।  जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । 

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिनुभयो । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो । 

 यो समयमा क्याम्पसहरुमा परीक्षा हुनु, गर्मी बिदा हुनु, रक्तदातामा उत्साह नहुनु, गर्मीका कारण शरीर शिथिल हुनु, राजनैतिक दलको क्रियाशीलता कम हुनुलगायतका कारण रगतको समस्या देखिएको हो । अस्पतालमा आएका बिरामीका आफन्त र स्वयम्सेवी रक्तदाताको भरमा केन्द्र सञ्चालन गर्नु परेको उहाँले बताउनुभयो । 

जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र २० भन्दा बढी निजी अस्पतालहरु छन् । ती अस्पतालबाट दैनिक शल्यक्रियाका लागि रगतको माग हुँदै आएको पौडेलले जनाकारी दिनुभयो । सङ्कलन गरेर राखिएकोभन्दा ताजाको माग भएपछि केन्द्रलाई रगत दिन समस्या परेको हो  । पौडेलका अनुसार ताजा सेतो रगतको अभाव भएको छ । रगत नपाएर बिरामी मर्ने अवस्था नभए पनि जुनसुकै समयमा समस्या आउन सक्ने पौडेलको भनाइ छ । बिरामीलाई रगत आवश्यक परेर लिन जाँदा रगत दिने व्यक्तिसँगै लैजानुपर्ने बाध्यता छ । 

चितवनमा मात्रै नभएर अहिले देशभर नै रगतको अभाव देखिएको उहाँले जानकारी दिनुभयो । केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लम्जुङ्, गोर्खालगायतका १२ वटा जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ । तर यी सबै जिल्लामा गर्मीका कारण रक्तदाताकोे अभाव भएपछि रगतको समस्या देखिएको हो । जिल्लाका अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन