2026-09-13 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा मृत्यु भएका श्रीमान्को शव कुर्दै दाङकी सम्झना

नवीन नेपाली, असार ५, नारायणपुर  । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमान्सँग कुरा गर्नुहुन्थ्यो । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा । 

विसं २०७२ को तिहार मानेर कतार उडेका लमही नगरपालिका–८ बीचगाउँका फुलीराम चौधरी यही दशैँमा घर आउने पक्कापक्की थियो । यस्तै चलिरहेको थियो दैनिकी । सधैँजस्तै जेठ ३१ गते शुक्रबार पनि कतारबाट फोन आयो सम्झनालाई । तर त्यो फोन फुलीरामको थिएन । फुलीरामको मृत्युको खबर पु¥याउने कुनै एक व्यक्तिको फोन थियो । सधैँजस्तै काम गरेर सुतेका फुलिराम बिहान मृतावस्थामा भेटिएको खबरले सम्झनाको सिङ्गो जिन्दगीमा कहालीलाग्दो पहिरो गयो । 

मृत्युको खबर पाएकी सम्झनाको आँखा ओभाएका छैनन् । “कतार गएको चार वर्ष भइसकेको थियो, आउनै मान्नुभएको थिएन, राम्रै पैसा कमाएर मात्र आउँछु भनेर बस्नुभयो”, २७ वर्षीया सम्झनालाई बोल्न गाह्रो भयो, “दशैँमा आउने कुरा थियो, मान्छे आउलान् भनेको यस्तो खबर आयो ।” घरपरिवारलाई सुखले राख्ने सपना लिएर विदेश उडेको फुलीराम जिउँदो फर्किन सकेनन् । पाँच दिनदेखि बीचगाउँ शोकमा छ । ३६ वर्षीय फुलीरामलाई बीचगाउँवासी सबैले सम्झना गरिरहेका छन् । 

पक्की घर बनाउने सपना

छरछिमेकमा ठूला घर भए । फुलीरामलाई यही चिन्ता थियो, नेपालमा बसेर ठूलो सिमेन्टको घर बनाउन सकिँदैन भन्ने लागेपछि कतार उडेका फुलीरामको सपना अधुरो रह्यो । अहिले पनि घरको आर्थिक अवस्था निकै कमजोर र खरको छानो र माटोले पोतेको कच्ची घर छ । घरपरिवारलाई पक्की घरमा राख्ने ठूलो सपना बोकेर फुलीराम चौधरी कतार हिँडेका थिए । 

फुलीरामको परिवारमा अहिले पनि १७ सदस्य छन् । आफ्नै जग्गा नभएका कारण खानलाउनसमेत राम्रोसँग नपुग्ने भएपछि बाध्यताले घर छाडेका फुलीरामले बेलाबखत पैसा पठाउने गरेको श्रीमती सम्झनाले बताउनुभयो । “घर बनाउने हो भन्नुहुन्थ्यो, खै पैसा कति कमाउनुभयो, केही थाहा छैन, कहिलेकाहीँ पैसा पठाउनुहुन्थ्यो”, सिठाले बारेको घर हेर्दै सम्झनाले आँशु पुछ्नुभयो र भन्नुभयो, “अब त सबै सक्कियो ।”

सम्झना र फुलीरामको विवाह भएको करीब १० वर्ष बित्यो । अहिलेसम्म सन्तान छैनन् । फुलीरामको सपना अधुरै रहेको खरले छाएको घरभित्र सन्नाटा छाएको छ । चुलो बलेको छैन । कसैलाई भोक पनि लागेको छैन । “चार वर्षपछि आउन लागेको खबरले सबै खुशी हुनुहुन्थ्यो, तर जिउँदो देख्नै पाइएन ।”

शवको प्रतिक्षामा…

दशैँमा आउँछु भनेको परदेशीलाई असारमै प्रतीक्षा गर्नुप¥यो, जीवित होइन, मृतावस्थामा । सिङ्गो परिवारलाई सुखमा राख्छु भनेर पैसा कमाउन हिँडेको लक्का जवान छोराको शवको प्रतीक्षा गर्नु सिवाय केही गर्न सकेका छैनन् बाबुआमाले ।

कतारको ज्याक कम्पनी कन्स्ट्रक्सन रोडलाइनमा कार्यरत फुलीराम चौधरीको शव ल्याउने तयारी भइरहेको छ भन्ने खबरले चौधरी बस्तीमा व्यग्र प्रतीक्षा छ अहिले । दाई हरिराम चौधरीले भन्नुभयो, “भाइको शव घरमा अझै आइपुग्या छैन, विदेश पठाउने भीम डाँगीसँग फोन कुरा भइरहेको छ”, उहाँले भन्नुभयो, “शव घरमा आइपुग्ने कहिले हो त्यसको कुनै अत्तोपत्तो छैन ।”

दाइ हरिराम चौधरीले भन्नुभयो, “भाइको साथीले फोनमा आत्महत्या गरी मृत्यु भएको खबर सुनाएका थिए, आत्महत्या हो कि हत्या हो, यथार्थ कुरा अझै थाहा छैन”, उहाँले भन्नुभयो, “नजिक भएको भए गएर बुझ्नुहुन्थ्यो, अर्काको देशमा सजिलै जान पनि नसकिने, साह्रै गाह्रो भयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन