आगोमा जलेर दिदिभाइको ज्यान गयो

Posted on: 27 Apr, 2016

वैशाख १५, बाग्लुङ । आगोलागि हुँदा बाग्लुङमा एकै परिवारका दुई दिदिभाइको ज्यान गएको छ ।

गएराती बोहोरागाउँ ७ का हिमबहादुर घर्तीको घरमा आगोलागी हुँदा उनका ६ वर्षीया छोरी समुन्द्र र ३ वर्षीय छोरा मनोजको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगलागीबाट घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति स्थानीय र प्रहरी मिलेर आगो निभाएका थिए । आगलागीको कारण भने थाहा हुन सकेको छैन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!