Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी: न्यूनतम सुविधा प्राप्त गर्ने सुनिश्चित गरी कामदार पठाउन अनुरोध

२०७६, ५ असार बिहीबार १४:३०

असार ५, काठमाडौँ । साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल हुने गरी कामदार नपठाउन दूतावासले अनुरोध गरेको हो ।

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्नलगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेकाले कामदारको जीविकोपार्जन थप खर्चिलो बन्दै गएको दूतावासले जनाएको छ । साउदीमा नेपाली कामदार पठाउन व्यवसायीबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदार न्यूनतम पारिश्रमिक नपाउने समस्याको जोखिममा पर्नसक्ने सम्भावना औँल्याउँदै दूतावासले नेपाल सरकारको निर्णय कार्यान्वयनमा व्यवसायीको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने बताएको छ । 

नेपाल सरकारले रोजागरीका लागि साउदी जाने अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल एक हजार र खाना सुविधाको साउदी रियाल ३०० अनिवार्य गरेको छ । उक्त सेवा सुविधा प्राप्त गर्ने सुनिश्चित भएपछि मात्र दूतावासले मागपत्र प्रमाणीकरण गर्दै आएको छ । 

त्यसैगरी दूतावासले कामदारको मागपत्र प्रमाणीकरणका लागि आधिकारिक पत्रसहित उपस्थित हुन म्यानपावर कम्पनीलाई अनुरोध गरेको छ । मागपत्र प्रमाणीकरण गर्न आफ्ना प्रतिनिधिलाई वैदेशिक रोजागार विभागले जारी गरेको फोटोसहितको परिचयपत्रसहित पठाउन पनि दूतावासले आग्रह गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै