असार ६ बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  असार ६ बर्"/>
२०८२, ७ चैत्र शनिबार
महोत्तरी - MHT

महोत्तरीमा वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

२०७६, ६ असार शुक्रबार ०४:५६

 असार ६ बर्दिवास महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका हुन् ।

 बस्ती पसेका जङ्गली हात्तीको समूहले पछिल्लो एक साताभित्रै बर्दिवास नगरपालिकाका बस्तीमा १० भन्दा बढी घर भत्काइसकेको छ । बर्दिवास ३, ४, ५ र ८ नं वडामा हात्तीको बिग्याइँ निकै बढेको नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले बताउनुभयो । बर्दिवास–३ को रजवास, पर्साहीधाप र कालापानी वडा नं ४ को भब्सीटोल, वडा नं ५ को चेरु, सोनापेटी र गणन्ता एवं वडा नं ८ को विजयबस्तीमा जङ्गली हात्तीको समूहले यसै साताभित्र १२ घर लडाएको छ । हात्तीले खेतमा लगाएको मकैबाली, केरा र तरकारी बाली सखाप पारेको यहाँका पीडित किसानले बताएका छन् ।

 रातभरि बस्ती पस्ने र दिनभरि जङ्गल पस्ने हात्तीको समूहमा चार हात्ती रहेको रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताउनुभयो । यता बर्दिवास–८ को विजयबस्तीमा भने ६÷७ हात्ती देखिएको वडाध्यक्ष शम्शेरसिंह लामाले बताउनुभयो । अहिले यहाँका सर्वसाधारण हात्ती रुङ्न पालेपहरा बस्न थालेका छन् ।

त्यसैगरी जिल्लाको मध्य र दक्षिणी भेगमा बँदेल र नीलगाईको आतङ्क नै मच्चिएको छ । नीलगाई बस्ती पसेर बालीनाली खाएपछि फेरि जङ्गल फर्कने गरेका भए पनि बँदेल भने यतै बस्न लागेका जलेश्वर नगरपालिका–४ पर्सापतैलीका कृष्णमोहन शर्मा बताउनुहुन्छ । बस्ती वरपरका झाडीमा स्थायी बसोबास नै बनाएको बँदेलले पछिल्लो एक वर्षयता बच्चा पनि यतै जन्माउने गरेका शर्माको भनाइ छ ।

सघनरूपमा लगाइने उखुबालीको घारी र बगैँचा वरपरका झाडी बँदेलका बासस्थान बनेको सर्वसाधारण बताउँछन् । रातभरि बस्ती पसेर बालीनाली सखाप पार्ने गरेको बँदेलले मानिसलाई पनि झम्टने गरेको छ । केही महीना पहिले मात्र बिहानीपख आफ्नो बस्तीका पाँच जनालाई बँदेलले आक्रमण गरेर घाइते नै बनाएको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालले सम्झनुभयो ।

 बर्दिवासको उत्तरी क्षेत्रमा उत्पात मच्चाउँदै आएका हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट बिच्किएर मकवानपुर, रौतहटको उत्तरीक्षेत्रबाट सिन्धुलीको मरिनक्षेत्र हुँदै महोत्तरी पस्ने गरेको वनविज्ञ बताउँछन् । बँदेल र नीलगाई भने जिल्लाकै वनक्षेत्रमा आहारा कम हुँदै गएर चोरी शिकार बढेपछि बस्ती पसेका डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रकाश साहको भनाइ छ । बँदेल र नीलगाई जिल्लाको सुदुरदक्षिणी भारतीय सीमावर्ती बस्तीसम्म छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा