कमल न्यौपाने । पाल्पा ज्यामिरेमा जन्ममिएका केशब गाहा कामको शिलशिलामा प्रवासमा भएपनी गीत संगीत क्षेत्रमा निरन्तर रुपमा अगाडी बढदै छन् । सानैदेखि गीत संगीतमा रुचि भएका केशब गीत गायकसङै गीत रचना गर्दै यो क्षेत्रमा लागि परेका छन् । सर्जक केसब नेपालमा हुँदादेखी नै धेरै स्टेज कार्यक्रममा दर्शकलाई नचाउने गर्दथे । नेपालमा हुँदा सगीत क्षेत्रमा औधी रहर हुँदाहुँदै पनि पारिवारिक समस्याले गर्दा प्रवासमा पुगेका गाहाले आफुले धेरै संघर्ष गर्नुपरेको बताए । केही समयको प्रबास बसाईले आफ्नो पारिवारिक समस्या पनि समाधान हुँदै गएसी भने अहिले औपचारिक रुपमै साङगितिक क्षेत्रमा प्रबेश गरेकाछन ।
गाहाले प्रियसी म्युजिक प्राली मार्फत आफ्नो लय तथा शब्दमा पहिलो लोक दोहोरी गीत फेसबुकमा लभ परेको बजारमा ल्याएकाछन । सो गीतमा खुमन अधिकारी र पुर्णकाला बि.सीको स्वर रहेको छ । आफ्नो पहिलो गीतले थुप्रै हौसला दिने र आफ्नो सानै देखिको चाहाना पूरा समेत भएको सर्जक गाहाको भनाई छ । अब आफु
निरन्तर रुपमा गीत बजारमा प्रस्तुत गर्दै जाने समेत उनी बताउछन । अब सागीतिक क्षेत्रमा प्रवासबाटै भएपनि अगाडि बढ्ने र केही गर्ने समेत धोको रहेको उनले जनाए । गाहाले झन्डै दुइ दर्जन भन्दा बढी गीतहरुमा लय तथा शब्द रचना गरिसकेका छन । त्यति मात्र नभइ प्रियसी म्युजिक प्रा.लीको उपाध्यक्ष पदमा रहेको र थुप्रै समाज सेवामा नि त्यतिनै लाग्ने गरेका छन । अहिले गाहा सगीत क्षेत्रमामा निकै ब्यस्त भएको देखिन्छ ।
उनले तयार गरेका लय तथा शब्द रहेका गीत बजारमा धेरै आईरहेको र सोही अनुरुप बजारमा राम्रो प्रतिकृया पनि पाएको छ । गाहाको लयमा रहेको सुर्खेत कि नानी, उडयो पछयौरी पश्चिम खण्डमा,प्युठानमा लान्छु जस्ता गीतहरुले उनलाई धेरै चाइनाउने काअं गरेको छ । अहिले प्रवासमा हुने बिभिन्न खालका स्टेज कार्यक्रममा पुग्ने गरेका गाहा थुप्रैले खोजी गर्ने गीतकारको रुपमा आफुलाई चिनाउन सफल भएकाछन । उनले तयार गरेका लय तथा शब्दलाई धेरै दर्सक/श्रोताले औधी मनपराउने गरेका छन । सोही कारण पनि गाहा भोलिको दिनमा आफ्नो
देशमै बसेर गीत संगीतकै क्षेत्रमा रहेरै आफ्नो कलागला र प्रतिभालाइ अगाडी बढाउने सोच राखेको बताउछन ।
प्रियासी म्युजिक प्रा.लीको प्रस्तुतिमा रहेको केशब गाहाको शब्द तथा लयमा रहेको फेसबुकमा लभ परेको बोलको गीत हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।