२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी

२०७६, ८ असार आईतवार ०९:५७

असार ८, भीमदत्तनगर । कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ ।

प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले उत्कृष्ट प्रर्दशन गर्दै जितका लागि योगदान दिइन् ।

पच्चीस बलको सामना गरेकी कविताले आठ चौकासहित ४३ रनको योगदान गरिन्  । त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निशा भट्टले आठ, मञ्जु बोकटी चार र टिम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाइन् । 

प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले तीन÷तीन विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । एक सय एक रनको लक्ष्य पाएको प्रदेश नम्बर ५, १६ ओभरम ५० रनमै अलआउट हुन पुग्यो । प्रदेश नं ५ का लागि लक्ष्मी चौधरीले नटआउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । 

सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा टिम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिइन् । त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई÷दुई विकेट लिए । उक्त प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुँवर घोषित भइन् । आजको दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा