२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा वर्गमा अवसर र उत्साह

९ असार २०७६, सोमबार ०३:०६

असार ९, बनेपा । दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ ।

मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो । हाल उहाँ नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त हुनुभएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अभियान सञ्चालन गरेपछि उहाँ नगरपालिकामा सञ्चालन भएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ अन्तर्गत सो काममा खटिनुभएको हो ।

“विदेशमा गएर ५० किलोको बोरा पनि तान्नुपथ्र्यो, ३०० किलोको ड्रम पनि गुडाउनु पथ्र्यौ, अहिले यस्तो कामले हाम्रो लागि सहज त छ तर त्यसलाई निरन्तरता दिएमा झनै राम्रो हुनेथ्यो ।”, तामाङले भन्नुभयो, “विदेशमा भन्दा आफ्नो परिवारसँगै बसेर काम गर्न पाउने अवसर र वातावरण सरकारले गरिदिन आवश्यक छ ।”

अर्का स्थानीयवासी रामबहादुर गुरुङले श्रम गर्नेका लागि कार्यक्रम राम्रो भए पनि आम युवावर्गको लागि आकर्षणको क्षेत्र नदेखिएकाले त्यसलाई अलि परिमार्जन गरेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । “हामी त जे काम गर्न पनि तयार छौँ, तर पछिल्ला समयका युवा पढेर कि जागिर नै खाने कि त विदेश नै जाने भन्ने उनीहरुको लक्ष्य नै हुने भएकाले त्यस्तालाई पनि यही काम गरेर केही गर्न सकिन्छ भन्ने खालको कार्यक्रम पनि ल्याउन आवश्यक छ ।” उहाँले भन्नुभयो ।

उता बेथानचोक गाउँपालिका–४ पार्थलीका अनु श्रेष्ठले आफ्नो गाउँको विकासको लागि सबै साथीहरु मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कक्षा १२ को परीक्षा सकाएर बस्नुभएका उहाँ काम गरेर पैसा पनि पाउने र विकास पनि हुने भएकाले श्रम गर्नुपर्दा पनि निकै खुशी भएको बताउनुहुन्छ ।

अर्का स्थानीयवासी निलम श्रेष्ठले आफ्नै गाउँठाउँमा भएको पर्यटकीय क्षेत्रको विकासको काममा सहभागी हुन पाउँदा काम पनि हुने र रोजगार पनि मिल्ने भएकाले आफूलाई उत्साहित बनाएको बताउनुभयो । एसएलसी पास गरी गाउँमा खेतीपातीको काम गर्दै आउनुभएका उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँको पर्यटकीय गुम्बुडाँडामा जाने सिंढी निर्माणको काम पाउनु भएको छ । 

जिल्लाको पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा सो अभियान सञ्चालन भइरहेको छ । बेरोजगार मान्छेलाई छोटो अवधिको लागि रोजगार प्रदान गर्ने गरी सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत स्थानीय तहले असार मसान्तभित्रमा सकाउने गरी रोजगारमा लगाउने अभियान सञ्चालन भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा ६० जना, बेथानचोक गाउँपालिका वडा नं ४ मा १६ जना र नमोबुद्ध नगरपालिकामा ८० जनाले श्रममा आधारित रोजगार कार्यक्रममा सहभागिता जनाइरहेको छन् । जसअन्तर्गत मण्डनदेउपुर नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत, विद्यालय परिसरको काम, सिँचाइ र खानेपानी मुहान मर्मतलगायतका काममा लगाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य