२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा वर्गमा अवसर र उत्साह

२०७६, ९ असार सोमबार ०३:०६

असार ९, बनेपा । दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहनुभएको छ ।

मलेसियामा श्रम गरेर फर्कनुभएका उहाँले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो । हाल उहाँ नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त हुनुभएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अभियान सञ्चालन गरेपछि उहाँ नगरपालिकामा सञ्चालन भएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ अन्तर्गत सो काममा खटिनुभएको हो ।

“विदेशमा गएर ५० किलोको बोरा पनि तान्नुपथ्र्यो, ३०० किलोको ड्रम पनि गुडाउनु पथ्र्यौ, अहिले यस्तो कामले हाम्रो लागि सहज त छ तर त्यसलाई निरन्तरता दिएमा झनै राम्रो हुनेथ्यो ।”, तामाङले भन्नुभयो, “विदेशमा भन्दा आफ्नो परिवारसँगै बसेर काम गर्न पाउने अवसर र वातावरण सरकारले गरिदिन आवश्यक छ ।”

अर्का स्थानीयवासी रामबहादुर गुरुङले श्रम गर्नेका लागि कार्यक्रम राम्रो भए पनि आम युवावर्गको लागि आकर्षणको क्षेत्र नदेखिएकाले त्यसलाई अलि परिमार्जन गरेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । “हामी त जे काम गर्न पनि तयार छौँ, तर पछिल्ला समयका युवा पढेर कि जागिर नै खाने कि त विदेश नै जाने भन्ने उनीहरुको लक्ष्य नै हुने भएकाले त्यस्तालाई पनि यही काम गरेर केही गर्न सकिन्छ भन्ने खालको कार्यक्रम पनि ल्याउन आवश्यक छ ।” उहाँले भन्नुभयो ।

उता बेथानचोक गाउँपालिका–४ पार्थलीका अनु श्रेष्ठले आफ्नो गाउँको विकासको लागि सबै साथीहरु मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कक्षा १२ को परीक्षा सकाएर बस्नुभएका उहाँ काम गरेर पैसा पनि पाउने र विकास पनि हुने भएकाले श्रम गर्नुपर्दा पनि निकै खुशी भएको बताउनुहुन्छ ।

अर्का स्थानीयवासी निलम श्रेष्ठले आफ्नै गाउँठाउँमा भएको पर्यटकीय क्षेत्रको विकासको काममा सहभागी हुन पाउँदा काम पनि हुने र रोजगार पनि मिल्ने भएकाले आफूलाई उत्साहित बनाएको बताउनुभयो । एसएलसी पास गरी गाउँमा खेतीपातीको काम गर्दै आउनुभएका उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँको पर्यटकीय गुम्बुडाँडामा जाने सिंढी निर्माणको काम पाउनु भएको छ । 

जिल्लाको पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा सो अभियान सञ्चालन भइरहेको छ । बेरोजगार मान्छेलाई छोटो अवधिको लागि रोजगार प्रदान गर्ने गरी सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत स्थानीय तहले असार मसान्तभित्रमा सकाउने गरी रोजगारमा लगाउने अभियान सञ्चालन भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा ६० जना, बेथानचोक गाउँपालिका वडा नं ४ मा १६ जना र नमोबुद्ध नगरपालिकामा ८० जनाले श्रममा आधारित रोजगार कार्यक्रममा सहभागिता जनाइरहेको छन् । जसअन्तर्गत मण्डनदेउपुर नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत, विद्यालय परिसरको काम, सिँचाइ र खानेपानी मुहान मर्मतलगायतका काममा लगाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा