३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ: लापरवाहीले बिरामीको मृत्यु भएको आरोप

९ असार २०७६, सोमबार १५:४९

असार ९, नारायणपुर । अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सिर्जना भएको छ । बङ्गलाचुलीगाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीय भिमी सारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो । 

मृतकका आफन्तले श्ययाबाट शव उठाएका छैनन् । बिरामीको ज्यानै जानेगरी भएको अस्पतालमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग गर्दै आफन्तले अस्पताल परिसरमा बसेर विरोध जनाएका छन् । 

काँपेर ज्वरो आउने, पखाला लाग्ने र पिसाबमा समेत समस्या देखिएपछि शनिबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर बिरामी गएरातिदेखि झन् सिकिस्त भएपछि उपचारका लागि कुनै स्वास्थ्यकर्मीले चासो नदेखाएर बिरामीको मृत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुले बताउनुभयो । 

उहाँका अनुसार गएराति १ बजे पिसाब बन्द भएको थियो । तर त्यहाँ कार्यरत नर्सले चासो नदिएको र चिकित्सकसमेत नआएपछि आज बिहान ८ बजे बिरामीको मृत्यु भएको मृतकका श्रीमान् सारुले जानकारी दिनुभयो । 

अस्पतालका डा जीतनारायण यादवले पखालासँगै बिरामीको रक्तचाप कम भएका कारण मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको मिर्गाैलामा समस्या देखिएको थियो । पखाला लाग्ने र रक्तचाप पनि कम भएका कारण मृत्यु भएको हुन सक्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ