Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

२०७६, ११ असार बुधबार १०:५२

असार ११,  रासस / एएफपी । अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ ।

अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ ।

अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले  आकस्मिक अफगानिस्तानको राजधानी काबुलको भ्रमण गरेको २४ घण्टा भन्दा कम समयमा नै यो आक्रमण भएको बताइएको छ 

 हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि नेटोआवद्ध अमेरिकी सेनामाथि हुदै आएको आक्रमणको तालिबान लडाकू समूहले जिम्मा लिदै आएका थिए ।

 अफगानिस्तानमा यस वर्षको शुरुदेखि हालसम्म नेटोआवद्ध अमेरिकी सेनामाथि भएको आक्रमणहरुको क्रममा नौ सैनिकको मृत्यु भएको छ । सन् २०१८ को यसै अवधिमा १२ नेटोआवद्ध अमेरिकी सैनिकको मृत्यु भएको थियो 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक रुपमा गर्नु भएको अफगानिस्तानको भ्रमणको क्रममा पोम्पेओले  अफगान राष्ट्रपति असरफ घानीलाई अफगानिस्तानको शान्तीलाई वासिङटनले उच्च प्राथमिकताका रुपमा लिएको बताउनु भएको छ  । 

अमेरिकाको इतिहासमा नै लामो युद्धको रुपमा रहेको यस ‘अफगान युद्ध’ अन्त्यको लागि गत सेप्टेम्बरमा पनि अमेरिकाले तालिबान लडाकू समूहलाई वार्ताको टेबिलमा ल्याउने कोशिसले गरेको थियो । 

 अफगानिस्तानमा युद्धरत तालिबान लडाकू समूह र  अमेरिकाबीच शान्ति वार्ता दोहामा आगामी जुन २९ बाट शुरु हुने समय तालिका तय गरिएको छ ।  

आतङ्कवादको अन्त्य, विदेश सैनिकको उपस्थिति, अफगानिस्तानमा आन्तरिक वार्ता र स्थाई युद्धविराम चार ओटा मुद्दामा यो वार्ता केन्द्रित रहने बताइएको छ । 

अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् । ती सैनिकहरुले अफगान सहकर्मीहरुलाई तालिम र सरसल्लाह दिने गरेका बताइन्छ  । अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म करिब एक लाख नेटोआवद्ध अमेरिकी सेना रहेका थिए । 

ती सैनिकहरु सन् २०१४ को अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै आफ्नो देश फर्किएपछि त्यहा करिब १४ हजार नेटोआवद्ध अमेरिकी सैनिक मात्र बाँकी रहेका छन् । 

 सन् २००१ मा अफगानिस्तानमा तालिबानहरु सत्ताबाट अपदस्थ भएपछि शुरु भएको अफगान युद्धमा अमेरिकी सैनिकको सहभागीता भएयता करिब २ हजार ३०० अमेरिकी सैनिकको मृत्यु हुनुको साथै २० हजार ४०० घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै