२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

साप्सुखोलामा पुलको शिलन्यास

१२ असार २०७६, बिहीबार ०५:४३

चिसाङ शेर्पा, असार १२, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबाट चार गाउँपालिका जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित ‘बाटो फेदी’ भन्ने स्थानमा ४० मिटर लम्बाई र ६ मिटर चौडाईको प्रिस्ट्रेस बिमवाला मोटरेबल पुल निर्माणको भौतिक संरचनाको प्रक्रिया सुरु भएको हो ।


खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म गाउँपालिकाले विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडकमा पर्ने बाटो फेदीमा निर्माण हुने पुलको बुधबार सार्वजनिक सुनुवाई र गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले शिलन्यास गरेका छन् । ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ लागतमा निर्माण हुने मोटरेबल पुलको १७ जेठमा निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालि र गाउँपालिकाबीच सम्झौता भएको हो । १७ जेठ २०७८ मा समापन गर्नुपर्ने पुलका लागि प्रदेश सरकारबाट १ करोड ३५ लाख बजेट बिनियोजन भएको छ । अपुग बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिनेछ । प्रदेश र सङघीय सरकारले बजेट नदिएमा गाउँपालिकाबाट बजेटको व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार गठनपछि पहिलो पटक स्थानीय सडक पुल सहयोग ईकाई (एलआर बिपी)ले प्राविधिक सहयोग गर्ने पुलको काम आगामी कार्तिक अन्तिमबाट सुरु गरिने निर्माण कम्पनीका कन्ट्रयाक्टर हरि बरालले बताए । ठेक्का लागे पनि प्रतिकुल मौसमका कारण तत्काल पुलको काम गर्न नसकिने उनले बताए । जिल्लाको दक्षिणी भेगका स्थानीयका लागि सदरमुकाम दिक्तेल आवतजावत गर्न सबैभन्दा छोटो दुरीको सडकमा बन्ने पुलको विषयमा अर्जुनदृष्टिका साथमा सवै लाग्नुपर्ने गाउँपालिकाकी उपाध्यक्ष सपना राईले बताईन् । पुल गाउँपालिकाको मात्रै हैन, स्थानीयहरुको लागि हो, पुल नभएकै कारण उहाँहरुले धेरै समय दुःख खेप्नु प¥र्यो । उपाध्यक्ष राईले थपिन् ‘निर्माण कम्पनीले निर्धारित म्यादभित्रै पुल गाउँपालिकालाई जिम्मा दिनुपर्छ ।’ 

हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने र अबको केही समयपछि वर्षाद सुरु भएसँगै यातायात ठप्प हुने भएकाले पुल तोकेको समयमा भन्दा अझ छिटो बनाउनुपर्ने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकालाई संमृद्धितिर लैजान यहि पुल हो । अर्को कुनै बाटो छैन, सदरमुकाम जानका लागि पुल नबनेमा प्राकृतिक नाकाबन्दी टुट्दैन । त्यस कारण हामी टापुमा बसेजस्तो भएका छौ । अध्यक्ष राईले भने, साना–साना खोलाले गर्दा बाहिर निस्कन नपाएका स्थानीयका लागि निर्माण हुने यो पुल नाकाबन्दी तोड्ने पुल हुनेछ । गाउँपालिकाको गौरवको योजनामा रहेको पुलको काममा स्थानीय, गाउँपालिकाले सबै खाले सहयोग गर्ने विश्वास दिलाउदै चाडो भन्दा चाडो पुल समापन गरिदिन निर्माण कम्पनीलाई उनले आग्रह गरे । गाउँपालिका र स्थानीयले साथ सहयोग गर्दागर्दै पनि वेलैमा पुलको काम नसकिए निर्माण कम्पनीलाई त्यो फलामको चिउरा सरह हुनेछ । उनले भने ।

सदरमुकाम दिक्तेल नजिक रहेको गाउँपालिका जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । पुल नहुंदा हाल हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने गरेको छ । त्यस रुटको साप्खुखोलामा पक्की पुल नहुनु नै सो गाउँपालिकासहित खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका लागि बिकासको बाधक बनेको छ । 

क्याप्सन : पुलको शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई  लगायत । तस्विर चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य