२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पहिरो प्रभावितका लागि सामूहिक बस्ती

२०७६, १४ असार शनिबार ०६:१४

असार १४, फिदिम । पाँचथरको याङवरक गाउँपालिका–४ फलैँचाका पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गरिने भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले पहिरोबाट प्रभावित तथा जोखिममा रहेका परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने निर्णय गरेको हो । 

फलैँचामा मङ्गलबार पहिरो गएपछि २५ परिवार विस्थापित भएका थिए । उनीहरुको दीर्घकालीन आश्रयस्थलको व्यवस्था गर्नका लागि समितिले सङ्घीय र प्रदेश सरकारसँग सामूहिक बस्ती निर्माणका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो । याङवरकको चिङ्मा, मुक्लाबु, सेपीलगायत बस्ती उच्च जोखिममा रहेकाले त्यहाँका बासिन्दाका लागि स्थायी आश्रयस्थल निर्माण अत्यावाश्यक रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्र उचित जमीनको पहिचान गरी सामूहिक बस्ती बसाल्न पहल गरिने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।  

बैठकले पहिरोबाट प्रभावितको सूची तयार पार्न तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न उपाध्यक्ष कमलकुमारी योङहाङको संयोजकत्वमा टोली गठन गरेको छ । पहिरोबाट प्रभावित परिवारलाई गाउँपालिकाले परिचयपत्र उपलब्ध गराउने भएको छ । पहिरो गएको ठाउँमा दर्जनौँको सङ्ख्यामा पशु चौपाया मरेका छन् । पहिरो प्रभावितमध्ये १५ परिवार हाल डुँडेचौरमा खुला स्थानमा बस्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा