४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पहिरो प्रभावितका लागि सामूहिक बस्ती

१४ असार २०७६, शनिबार ०६:१४

असार १४, फिदिम । पाँचथरको याङवरक गाउँपालिका–४ फलैँचाका पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गरिने भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले पहिरोबाट प्रभावित तथा जोखिममा रहेका परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने निर्णय गरेको हो । 

फलैँचामा मङ्गलबार पहिरो गएपछि २५ परिवार विस्थापित भएका थिए । उनीहरुको दीर्घकालीन आश्रयस्थलको व्यवस्था गर्नका लागि समितिले सङ्घीय र प्रदेश सरकारसँग सामूहिक बस्ती निर्माणका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो । याङवरकको चिङ्मा, मुक्लाबु, सेपीलगायत बस्ती उच्च जोखिममा रहेकाले त्यहाँका बासिन्दाका लागि स्थायी आश्रयस्थल निर्माण अत्यावाश्यक रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्र उचित जमीनको पहिचान गरी सामूहिक बस्ती बसाल्न पहल गरिने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।  

बैठकले पहिरोबाट प्रभावितको सूची तयार पार्न तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न उपाध्यक्ष कमलकुमारी योङहाङको संयोजकत्वमा टोली गठन गरेको छ । पहिरोबाट प्रभावित परिवारलाई गाउँपालिकाले परिचयपत्र उपलब्ध गराउने भएको छ । पहिरो गएको ठाउँमा दर्जनौँको सङ्ख्यामा पशु चौपाया मरेका छन् । पहिरो प्रभावितमध्ये १५ परिवार हाल डुँडेचौरमा खुला स्थानमा बस्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ