२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७६, १४ असार शनिबार १३:१८

असार १४, बलेवा । बागलुङको बरेङमा आज बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नं को जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो । 

रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको र अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो । 

मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जीपमा चार जनायात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा