२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा एसइईमा उत्कृष्ट अङ्क ल्याउने तिन जना र चार स्रष्टा सम्मानित

१४ असार २०७६, शनिबार १६:२४

असार १४, नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानले आज चार जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानको १२औँ स्थापना दिवसका अवसरमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याएबापत साहित्यका विविध क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो । प्रतिष्ठानले चार स्रस्टासहित आठ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

महामण्डल साहित्य सम्मानबाट डा नवराज लम्साल, कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला, महामण्डल युवा साहित्य सम्मानबाट बीना थिङ र नरेन्द्रनाथ वाङ्मय काव्य सम्मानबाट प्रह्लाद पोखरेल सम्मानित हुनु भएको छ । 

यस्तै नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानद्वारा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई नगद रु २५ हजारसहित पुस्कार प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।  

नुवाकोटबाट एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक्कल रिमाल, रश्मी पनेरु र निशा गजुरेललाई प्रतिष्ठानले जनही नगद रु पाँच÷पाँच हजार पुरस्कारसहित सम्मान गरेको हो ।  प्रतिष्ठानले १६ वर्षदेखि नियमितरुपमा नुवाकोटको विदुरमा साहित्य कार्यक्रम गरेर स्रष्टा सम्मान तथा पुरस्कार गर्दै आइरहेको अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभयो । 

प्रतिष्ठानले हालसम्म विविध क्षेत्रका ७० जना स्रस्टालाई सम्मान तथा पुरस्कृत गरिसकेको प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान