२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिको आयोजनामा खानेपानीको पाईप हस्तान्तरण

२० कार्तिक २०७२, शुक्रबार २२:५४

अनिश गैरे, कात्तिक २१, गुल्मी । नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिको आयोजनामा मुसीकोट ८ सानो देउरालीका केही परिबारको लागी खानेपानीको असहजताको लागी ३५० मिटरको पाईप बितरण गरिएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला समितिले सोही क्षेत्रका स्थानीयहरुको खानेपानीको समस्याको समाधानको लागी केही सहजत होस भन्ने उद्धेश्यको साथ पाईप हस्तान्तरण गरेको नेपाल बिद्यार्थी संघ जिल्ला समिति सदस्य बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिका सचिब तेज बहादुर महतको सभापतित्व रहेका थियो भने नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य जनक बहादुर खत्रीको पमुख आतिथ्यता रहेको थियो भने क्रियाशिल सदस्यहरु मान बहादुर खत्री, कमल सिँह ठकुरी, बिष्णु प्रसाद आचार्य, कृष्ण प्रसाद आचार्य, कमला देबी आचार्य, ईश्वरा आचार्य, सन्तका खत्री लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्तममा सदस्यहरु अर्जुन प्रसाद आचार्य, राम प्रसाद आचार्य बाबुराम घिमिरे, लगायतले आफ्नो धारण राख्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले आगामी दिनमा पनि अन्य क्षेत्रका स्थानीयहरुलाई पनि अबस्था अनुसार सहयोग गर्नै प्रतिबद्धता जायर गर्नुभएको थियो । त्यस्तै पार्टी गाँउ कार्य समितिका सचिब तेज बहादुर महतले गाँउको बिकासको लागी पहल गदै जाने बताए ।

पाईप ग्रहण गरेपछि राम प्रसाद आचार्यले नेपाली काङ्ग्रेस जिल्ला समितिलाई हार्दिकता प्रक्ट गर्दै यस्तै कार्य गर्दै जान आग्रह गरेका थिए । कार्यक्रममा सहियोग पहल कर्ता, कौरब खत्रीको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिका सदस्य चकित बिष्णु प्रसाद आचार्यले गरेका थिए । आज बितरण गरिएको पाईपको प्रयोगबाट करिब १० घरहरु लाभान्वित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…