२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एक महिलाको घाँटी रेटेर हत्या

२०७६, १५ असार आईतवार ११:३६

असार १५, भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । 

ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिनुभयो । 

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेडतले घरमा बस्दै आउनुभएकी भट्टराईको हत्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले  प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिन्छ भन्नुभयो  । 

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उहाँले जानकारी दिनुभयो । 

कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उहाँले हत्यामा संलग्नको खोजी भइरहेकोे बताउनुभयो । 

बिरुवा रोपिए

भैरव बहानगण गुल्मले आफ्नो परिसरमा आज विभिन्न जातका ३०० भन्दाबढी बिरुवा रोपेको छ । 

मध्यपुरथिमि गठ्ठाघरस्थित गुल्म परिसरमा आयोजना गरिएको कार्यक्रममा मध्यपुर नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, गुल्मपति हिमालय थापालगायतले फलफूलका विभिन्न जातका बिरुवा रोप्नुभएको थियो । 

नेपाली सेनाले यो वर्ष वर्षायामअगावै एक लाख ५० हजार ९७७ बिरुवा रोप्ने अभियान शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाबाट शुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भ गर्नुभएको ‘एक घर एक फलफूलको बिरुवा रोप्ने’ कार्यक्रमलाई मूर्तरूप दिन सेनाले ‘एक जवान एक बिरुवा अभियान’ सञ्चालन गरेको हो ।

उक्त अभियानअन्तर्गत भएको सो कार्यक्रम नासपाति, आँप, लिची, सुन्तला, अम्बा, निबुवा, भोगटे, अङ्गुरलगायत बिरुवा रोपिएको हो । गुल्मपति सेनानी हिमालय थापाले मध्यपुरथिमि नगरपालिकाकोसमेत सहयोगमा रोपिएका बिरुवा मध्यपुरथिमिकै सम्पत्तिका रुपमा रहने बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमिका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलगायत अन्य प्रतिनिधिको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा