९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

मन्त्रीसहित पेट्रोलियम प्राविधिक टोली दैलेखमा

१५ असार २०७६, आईतवार १५:३२

असार १५, दुल्लु । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको ग्यास उत्खननको सम्भावनाको प्रारम्भिक अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको प्राविधिक टोली पुगेको छ । 

टोलीमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे,  खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सुधीर रजौरे, मन्त्रालयका सचिव यामकुमारी खतिवडासहित नेपाल र चिनियाँ विज्ञ तथा प्राविधिक रहनुभएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोली यहाँ आएको हो । 

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननको सम्भावना अध्ययन गर्न आएको टोलीले आज पादुकाको स्थलगत अवलोकन गरेको छ । पञ्चकोशी क्षेत्र अन्तर्गत पर्ने पादुकाको अवलोकन गर्नुहुँदै मन्त्री यादवले पञ्चकोशी क्षेत्रको धार्मिक आस्थालाई जोगाउँदै पेट्रोलियम अन्वेषण शुरु गरिने बताउनुभयो । 

“सुरुमै उत्खननको काम हुने होइन”, उहाँले भन्नुभयो, “अहिले अन्वेषणको काम मात्र हुन्छ, पेट्रोलियम पदार्थ हुन पनि सक्छ, नहुन पनि सक्छ तर हामी आशावादी बन्नुपर्छ ।”पूर्व उद्योगमन्त्री पाण्डेले आफू मन्त्री हुँदा पेट्रोलियम अन्वेषणको आधार तयार गरेको स्मरण गराउँदै वर्तमान सरकारले त्यसलाई मूर्त रुप दिन लागेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक रजौरेले दुई महीनाभित्र पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने बारे पहिल्याइने जानकारी दिनुभयो । टोलीले सोमबारदेखि दैलेखको श्रीस्थान, नाविस्थानबाट औपचारिक रुपमा अन्वेषणको काम थाल्नेछ । पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ । उत्खननलागत अनुसारको व्यवसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागले जनाएको छ ।

पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । श्रीस्थान जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करीब तीन सय वर्षदेखि बलिरहेको स्थानीयवासी बताउँछन् । 

दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । पेट्रोलियम अन्वेषणका लागि ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । चिनियाँ र नेपालको विज्ञ तथा प्राविधिक टोलीले पहिलो चरणमा दैलेखमा ड्रिलिङ साइट पहिचान गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने