कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु

Posted on: 30 Jun, 2019

असार १५, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणीमा आज मोटरसाइल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु भएको छ ।

कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म१प ७२९१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा शुक्लाफाँटा नगरपालिका–४ असैनाका वीरेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

मोटरसाइकल अनियन्त्रित भई सडक नजीकको पोलमा ठोक्ँिकदा सख्त घाइते भएका रानाको उपचारका लागि कैलालीको पद्मा अस्पतालमा पु¥याएपछि मृत्यु भएको उहाँले बताउनुभयो । मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका रानासमेत घाइते भएका छन् । घाइते रानाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । रानाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

कृषि ‘उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्छ’

सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री पठानसिंह बोहराले परम्परागत खेती प्रणालीमा सुधार गर्दै आधुनिक खेतीलाई बढावा दिनुपर्ने बताउनुभएको छ । 

१६औँ धान दिवसका अवसरमा कृष्णपुर नगरपालिका–६ बञ्जरियामा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले कृषिलाई आधुनिक बनाइ यान्त्रिकरणमा जोड दिनुपर्ने बताउनुभयो । निर्वाहमुखी कृषि प्रणालीले जीवन धानिने भए पनि जीवनस्तरमा सुधार ल्याउन कृषि प्रणालीलाई अवलम्बन गर्न नितान्त जरुरी रहेको उहाँको भनाइ छ । 

प्रदेश सरकारले कृषिलाई आधुनिकिकरण गर्न प्रर्याप्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभाका सदस्य महेशदत्त जोशीले स्थानीय जातका अन्नका बीउ जोगाउन सबैले लाग्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत टीकाराम थापाले देशमा बाह्य क्षेत्रबाट चामलको आयात प्रतिवर्ष रु २५ अर्ब बराबरको आयात हुने गरेको बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री बोहराले धान रोप्ने आधुनिक मेसिन खेतमा चलाएर धान दिवसको उद्घाटन गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!