अनिश गैरे, मँसिर १, गुल्मी । बाग्लुङ्को ग्वालीचौरमा हुन गईरहेको पश्चिमाञ्चल बिकास क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला बाग्लुङ् क्षेत्र नम्बर ३ कि सभासद ज्ञानकुमारी छन्त्यालले उद्घाटन गर्नुहुने भएको छ । मेलाको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । यस महोसबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । महोत्सबमा लाखौको कारोबार हुने गरेको छ । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।
षकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषि प्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन । खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।
परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन । यस बर्ष पनि पुरुष भलिबल, रेकर्ड डान्स, दोहोरी, हाजिरी जवाफ, कृषि मेला प्रदर्शनी, सटफुट, सोरठी भैलो लगायतका कार्यक्रमहरु सम्पन्न हुने पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब आचार्यले जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगीतामा प्रथम हुने समुहले रु ५५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन भने द्धितिय हुनेले ३६ हजार ६ सय ६६ रुपैया हात पार्नेछन ।
त्यस्तैगरी रेकर्ड डान्समा प्रथम हुनेले २५ सय २५, द्धितिय हुनेले १५ सय १५ तथा तृतिय हुनेले ९ सय ९९ रुपैया हात पार्नेछन । यस्तै खुल्ल दोहोरी प्रतियोगीतामा प्रथम हुनेले १५ हजार ५ सय ५५, द्धितिय हुनेले ८ हजा ८ सय ८८, अन्तर निमाबी हाजिरी जवाफमा प्रथम हुनेले ६ हजार ६ सय ६६, द्धितिय हुनेले ५ हजार ५ सय ५५ तथा सटफुट प्रतियोगीतामा १५ सय १५ पुरस्कार प्राप्त गर्नेछन ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कृष्ण अखेली, राजेश बर्देवा, ज्योती लोहनी तथा पाखरेली धुर्मस, माग्ने बुढा, र गणेश बस्नेतको बेजोड प्रस्तुती रहने छ । साहारा कला केन्द्रको नृत्य तथा क्यारिकेचर तथा सितारीयो कराते संघद्धारा डिमोन्सट्रेसन र काटा प्रदर्शन हुने आयोजकले जनाएको छ । कार्यक्रम मसिँर दुई गते मुधबार बाट ५ गते शनिबार सम्म सञ्चालन हुने बताईएको छ । कार्यक्रमको सुचना, बिज्ञापन लगायतको संयोजन सामुदायिक रेडियो पुष्पाञ्जलीले गरिरहेको छ ।