२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

जीप दुर्घटना हुँदा पाँच जना घाइते तीनको अवस्था गम्भीर

२०७६, १६ असार सोमबार ०५:४०

 असार १६, रुकुम |  रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ ।  

दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम (पश्चिम) का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । 

 त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ । 

 जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै