३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : सभागृह निर्माण शुरु

१६ असार २०७६, सोमबार ०५:४७

असार १६, लमही । दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको आइतबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूले शिलान्यास गर्नुभयो । 

प्रदेश नं ५ सरकारको रु चार करोड ८७ लाख ८९ हजार ५५९ लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । मगहर चोकमा अत्याधुनिक र सुविधासम्पन्न सभाहल निर्माण हुन लागेको हो ।करीब  ३८ कट्ठा जग्गामा उक्त सभाहल निर्माण हुन लागेको हो ।

अध्यक्ष यादवका अनुसार यस वर्ष प्रदेश सरकारको कूल रु ६० लाखको बजेटबाट काम शुरु गरिने छ । यसमा प्रदेश सरकारले क्रमागत रुपमा बजेट प्रदान गर्ने प्रदेशसभा सदस्य थारुले बताउनुभयो । उक्त सभाहल निर्माणको काम तीन वर्षभित्र पूरा हुनेछ । तीन तलाको भवन निर्माण हुने इञ्जिनीयर सूर्य रावतले बताउनुभयो । 

सभाहल निर्माण

दाङको बबई गाउँपालिकामा सभाहल निर्माणको काम पूरा भएको छ । प्रदेश नं ५ सरकारको रु ६० लाख लगानीमा उक्त सभाहल निर्माण भएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं ५ मा ५०० क्षमताको उक्त सभाहल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ