८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा चाउचाउमा समेत टोकन सिष्टमको अवस्था, उपभोग्य वस्तुमा दोव्वर बृद्धि

१० मंसिर २०७२, बिहीबार ०९:१०

waiwai_noodleप्रेम सुनार । मंसिर–१०, गुल्मी । भारतिय नाकावन्दीले ढुवानीमा आएको समस्याका कारण गुल्मीमा अव चाउचाउ किन्न समेत प्रशासनबाट टोकन माग्नु पर्ने अवस्था सिर्जना हुने देखिएको छ । हिजो र आज गरी ओम सिद्धवावा ट्रेडर्श तम्घासबाट लाईनमा उपभोक्ताहरु राखेर १९ सय थान चाउचाउ वितरण गरेर सकिएको उक्त ट्रेडर्शका सञ्चालक गोमराज श्रेष्ठले बताए ।

उनका अनुसार तम्घासमा विभिन्न कम्पनीका ११ थरी चाउचाउका डिलरहरु छन् तर ढुवानीको समस्याले कुरेर बस्नु पर्ने अवस्था रहेको छ । दैनिक लाखौ रुपैयाँको चाउचाउ खपत हुने गुल्मीमा यस्तै हो भने चाउचाउमा समेत कुपनको आश गरेर बस्नु पर्ने अवस्था आउने पसलेहरु बताउ छन् । चाउचाउ संगै यहाँ अन्य उपभोग्य वस्तुको पनि अभाव भएको छ र महँङ्गी बढेको छ । कतिपय उपभोग्य वस्तुमा दोव्वर जस्तो मुल्य बृद्धि भएको छ । १ सय ९० रुपैयाँमा पाउने प्रति एक लिटर धारा तेल अहिले ग्रामिण भेगमा ३ सय सम्म पर्ने गरेको छ ।

यहि सदरमुकाम तम्घासमा प्रति लिटर २ सय ८० रुपैयाँमा बेच्ने गरिएको छ । सनफ्लवर तेल प्रति लिटर १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ४० मा बेच्ने गरिन्छ । तेज तेल पनि १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ३० मा बेच्न थालिएको छ , प्रति प्याकेट १२ रुपैयाँमा पाईने प्रिति चाउचाउ १५ मा बेच्ने गरिन्छ , १५ रुपैयाँमा पाईने रम्पम चाउचाउ अहिले २० पुगेको छ ।

प्रति किलो २० मा पाईने नुन अहिले २५ रुपैयाँ पुगेको छ । यसरी हरेक उपभोग्य वस्तुको महंङ्गीले उपभोक्ताहरु मारमा पर्दै आएका छन् । विशेष गरी ग्रागिण वस्तीका पसलेहरुले मन परी महंङ्गी बढाएको गुनासो आएको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज कँडेलको ध्यानकृष्ट गराउँदा उनले तत्काल बजार अनुगमन टोली खटाउने प्रतिवद्धत्ता जनाए । उनले भने खाने तेलमा भएको बृद्धिलाई मैले रोक्न सक्दिँन अन्य कुरामा गरिएको बृद्धिमा मैले तत्काल अनुगमन टोली खटाउने छु ।

भारतिय नाकावन्दीले बृद्धि भएको माथी उल्लेखित वस्तु सवै स्वदेशमै उत्पादित हुन् । यस्ता स्वदेशमै उत्पादित वस्तुलाई साविककै मुल्यमा विक्रि वितरणको व्यवस्था मिलाउने तर्फ राज्यको माथील्लो निकायले कम्जोरी देखाएको सर्वसाधरणको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल लुटपाटमा संलग्न तीनजना पक्राउ वैशाख महिनाभरमा आठ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार हुँदै नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु