२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा स्थानीय तहको निर्वाचनका बेला मतपत्र च्यात्ने दुईलाई एक/एक लाख जरिवाना

१६ असार २०७६, सोमबार १५:३६

 असार १६, चितवन । स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई रु एक÷एक लाख जरिवाना गरिएको छ ।

जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकामा आज सजाय सुनाएको हो ।

तत्कालीन समयमा महानगरको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा दाहाल पक्षका मत गणनामा सलंग्न उनीहरुले मतपत्र च्यातेका जनाइएको थियो । महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा विसं २०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए । 

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते  मतदान भएको थियो । सो निर्वाचनमा काङ्ग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनका उम्मेदवार दाहालले तत्कालीन एमाले उम्मेदवार ज्ञवालीलाई २०३ मतले हराएर प्रमुखमा निर्वाचित हुनुभएको थियो । मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा रु एक÷एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ