२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बालुवा खानीमा च्यापिएर एक महिलाको ज्यान गयो, ३ जना घाइते

२०७६, १६ असार सोमबार १५:४५

कृष्ण बिष्ट | असार १६, बैतडी | बैतडीको सिगास गाउपालिका वडा नं ९ को एक बालुवाखानीमा च्यापिएर बझाङ्की एक महिलाको ज्यान गएको छ । बझाङ्को वित्थडचिर गाउँपालिका–५ ओसैलकी  ३५ वर्षीया चाखुडी महरको ज्यान गएको सिगास गाउपालिका वडा नं ९ की वडा अध्यक्ष लक्ष्मी चन्दले बताउनुभयो । 

त्यही वडाका ३० वर्षीया गम्भा महर, ३६ वर्षकी कुटुरी महर र २८ वर्षका हरिभान महर गम्भीर घाइते भएको वित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनञ्जय जोशीले जानकारी दिनुभयो । 

घाईते भएका तिन जनालाई देउलेख प्राथमिक स्वास्थ केन्द्रले सामान्य उपचार पछि रिफर गरेको छ । गम्भीर घाइते कुटुरी देवि महरलाई नेपालगन्ज रिफर गरिएको छ, भने गम्भा देवि महर र हरिभान महरलाई डडेलधुरा अस्पताल रिफर गरेको हो । 

महरको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र देउलेखमा राखिएको छ । 

बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ५ मा निर्माण भईरहेको स्वास्थ चौकी भवन निर्माणको लागि बालुवा लिन गएका उनीहरुको बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्को नै भत्किँदा ज्यान गएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा