२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका दुई स्थानीय तहले गरे छात्रालाई साइकल वितरण

१७ असार २०७६, मंगलवार ०४:४९

असार १७, बर्दिवास । छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक÷एक साइकल वितरण गरेका हुन् ।

 लोहारपट्टी नगरपालिकाले आफ्नो नगर क्षेत्रका पाँच सामुदायिक माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत ३०० छात्रालाई साइकल वितरण गरेको छ । शिक्षामा महिलाको पहुँच बढाउन, छोरी शिक्षालाई प्रोत्साहन गर्न कक्षा–१० का छात्रालाई साइकल वितरण गरिएको नगरप्रमुख शैलेन्द्र यादवले बताउनुभयो । छोरीलाई पढ्न नपठाउने, विद्यालय पुगेका  छात्रा पनि उपल्लो तहसम्म नटिक्ने र छोरीको पठनपाठनबारे चासो नदेखिने अवस्था चिर्न कक्षा–१० कै छात्रालाई साइकल वितरण गरिएको प्रमुख यादवको भनाइ छ ।

त्यसैगरी सम्सी गाउँपालिकाले आफ्नो भूगोल क्षेत्रका आधारभूत र माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सबै छात्रालाई साइकल वितरण गरेको छ । छोरी शिक्षामा सबै तहका सरकार हरतरहले सहयोग गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न कक्षा–८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेष फारुखले बताउनुभयो ।

दुवै स्थानीय तहमा साइकल पाउने छात्रामा धेरैजसो विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जाति समुदायका छोरी परेका दुवै स्थानीय तहले जनाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को शिक्षातर्फ छुट्याइएको बजेटबाट साइकल वितरण गरिएको हो ।

लोहारपट्टी नगरपालिकाले माध्यमिक तहको शिक्षा लिइरहेकी एक शारीरिक अपाङ्गता भएकी छात्रालाई तीनपाङ्ग्रे स्कुटर र नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थामा आबद्ध ५० महिला स्वास्थ्य स्वयंसेविकालाई पनि एक÷एक साइकल वितरण गरेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन र महिला शिक्षालाई प्रोत्साहन गर्न थप कार्यक्रम अघि बढाइने दुवै स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा