८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पानी तताउने नयाँ प्रविधी भित्रियो

१५ मंसिर २०७२, मंगलवार २०:३४

प्रेम सुनार । मंसिर–१५, गुल्मी । भारतिय नाकावन्दीले ईन्धन अभाव भईरहेका बेला सस्तो सुलभ मुल्यको पानी तताउने नयाँ प्रविधी गुल्मीमा भित्रिएको छ । ग्याँस, दाउरा र विद्युतिय साधनबाट भन्दा निकै सस्तो मुल्यमा छिटो पानी तात्ने जस्ता-पाताबाट बनेको प्रविधी गुल्मीको सदरमुकाम तम्घास वाजरमा भित्रिएको हो ।

भारतको कस्मीर लगायतका हिमाली भेगम केहि वर्ष अघि देखि प्रयोगमा ल्याईएको हमाम नामक जस्तापातको उक्त प्रविधीलाई यहाँभने कुनै नाम नदिएर पानी तताउने आधुनिक चुलो भनेर पसलले भन्ने गरेका छन् । उक्त प्रविधि लुम्विनी मेटल ट्रेडर्स, वुटवल ५, गोलपार्कले तम्घासको मिलनचोकस्थित आफ्नो शाखा खोलेर भित्राएको हो ।

थोरै दाउराबाट, दाउरा नभए पातपतिङ्गार वा कागजका टुक्रा त्यस गोलो आकारमा रहेको उक्त मेशिनको बाहिरी भागमा पानी सिंचित हुने थर्मस रहेको छ । त्यसको भित्रि भागमा आगो वाल्ने ठाउँ बनाईएको छ । त्यसै मेशिनमा जडित पाईप मार्फत पानी हाल्ने र अर्को पट्टी रहेको धाराबाट तातो पानी १० मिनेटमा खस्ने गर्दछ ।

२८ लिटर देखि ३५ लिटर सम्म पानी तात्ने उक्त प्रविधिको मुल्य २७ सय देखि ३५ सयसम्म पर्ने गर्दछ । जो चार वर्ष सम्म ढुक्कसंग पानी तताउन सकिने लुम्विनी मेटल ट्रेडर्स तम्घास शाखाका अधिकृत विक्रेता राजेश भण्डारीले बताए । भारतिय नाकावन्दीले ग्याँस चुलाको अभाव र त्यो संगै शहरमा दाउराको चुलोबाट पानी तताउन समस्या हुने कुरालाई मध्येनजर गर्दै सजिलो र सस्तो प्रविधी पहिलोपटक गुल्मी भित्राईएको र भित्रिए लगत्तै धमाधम विक्रि भई रहेको उनको भनाई छ ।

जाडो मौसममा नहुाउन, कपडा धुनका लागि निकै सजिलो उक्त पानी तताउने मेशिन तम्घास नयाँवजारमा रहेको अमर होटल लगायत दर्जनौ होटलहरुले समेत सोही स्थानबाट किनेर प्रयोगमा ल्याएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले जानकारी दिए । उनले भने– ‘नुहाउन मात्र नभई पिउने पानी तताउन समेत होटलवालाहरुलाई समस्या परेपछि उक्त सस्तो र सजिलो प्रविधी यहाँका होटल व्यवसायीहरुले प्रयोगमा ल्याएका छन् । जसका कारण खान पकाउनका लागि समेत ग्याँसको खपत समेत हुँदो रहेछ ।’

विक्रेता भण्डारीका अनुसार यो प्रविधी भारतिय नाकावन्दीले ईन्धन अभाव भएपछि वुटलवको उक्त ट्रेडर्सले भारतिय मिस्त्री ल्याएर बनाएर पहिलो पटक नेपाली वजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु राप्रपाका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अब अझै सशक्त बन्ने बताए साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ मोबाइल लुटपाटमा संलग्न तीनजना पक्राउ वैशाख महिनाभरमा आठ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार हुँदै नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का