२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको गलकोटका मिर्गौलापीडित श्रीषद्वारा सहयोगको याचना

२०७६, १९ असार बिहीबार ०५:४५

असार १९, बागलुङ | दुवै मिर्गौला ‘फेल’ भई तीन महीनादेखि ‘डायलासिस’गराउँदै आएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले आफूलाई बचाउन सहयोगको याचना गर्नुभएको छ । सैँतीस वर्षीय श्रीषले तीन वर्षदेखि औषधि र पछिल्लो तीन महीनादेखि निरन्तर डायलासिस गराउँदा घरको जायजेथा सकिएपछि सहयोगको याचना गर्नुभएको हो । 

तीन वर्षअघिदेखि दुवै मिर्गाैला फेल भएका श्रीषले औषधिले उपचार नभएपछि तीन महीनादेखि डायलासिस गराउँदै आउनुभएको छ । उहाँको उपचारका लागि हालसम्म रु नौ लाख खर्च भइसकेको परिवारले जनाएको छ । “अहिलेसम्म घरको सबै पैसा खर्च ग¥यौँ, अब त पैसा पनि सकियो”, श्रीषकी बहिनी मनकुमारी श्रीषले भन्नुभयो, “आर्थिक अभावकै कारण डायलासिस गराउन पनि समस्या भएको छ, सबैले सहयोग गरेमा मात्र दाजुले नयाँ जीवन पाउनुहुन्थ्यो ।” 

परिवार पाल्ने मुख्य व्यक्ति श्रीषनै जीवनमरणको दोसाँधमा परेपछि परिवारको समेत बिचल्ली हुने भएको हो । नेपाल सरकारको सिफारिसमा उपचार गराउँदासमेत एकपटक डायलासिस गर्दा रु नौ हजार ५०० खर्च लाग्ने परिवारले जनाएको छ । श्रीष सात वर्ष दुबईमा काम गरी बिरामी भएर नेपाल फर्कनुभएको थियो । 

नेपालमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या आएपछि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दै आउनुभएको उहाँको परिवारले जनाएको छ । औषधिले निको नभएपछि श्रीषको पोखरास्थित लेकसिटी अस्पतालमा तीन महीनादेखि डाइलासिस गर्दै आएको बहिनी मनकुमारीले जानकारी दिनुभयो । “मिर्गाैला प्रत्यारोपण गर्ने पैसा छैन”, मनकुमारीले भन्नुभयो, “डाइलासिस गरेर मात्र कति समय बचाउने ।” सबैले थोरै धेरै आर्थिक सहयोग गरेमा आफ्नो श्रीमान्ले पुनर्जन्म पाउने श्रीषकी श्रमीती प्रमिला श्रीषको आग्रह रहेको छ । 

दुई हप्तादेखि बालक बेपत्ता

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ हिल घर भई हाल बागलुङ बजारको धवलागिरिचोकमा आमासँगै बस्दै आएका १३ वर्षीय बालक दुई हप्तादेखि बेपत्ता भएका छन् । ज्याला मजदुरी गर्दै छोराछोरी पढाउँदै बस्दै आएकी मनकुमारी राईले आफ्नो छोराको खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । यही असार ६ गते दिउँसो १० बजेसम्म कोठामै भए पनि कतिबेला बाहिर निस्केको पत्तो नपाएको आमा राईले जानकारी दिनुभयो । 

“कतै खेल्न गएको होला भनेर बसेँ, बेलुका पनि कोठामा नआएपछि प्रहरीलाई जानकारी गराएँ”, बालककी आमाले भन्नुभयो, “दुई हप्ता भयो कतै फेला परेको छैन ।” आकाशे रङको सर्ट तथा जिन्स पाइन्ट लगाएर बेपत्ता भएका राईलार्ई खोजी गर्न उहाँकी आमाले सबैलाई अनुरोध गर्नुभएको छ । राईको जिल्ला प्रहरी कार्यालयमा खोजी गर्नका लागि निवेदन परेसँगै प्रहरीले देशैभरका सबै प्रहरी कार्यालयमा तस्वीरसहित जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । बालक राई बागलुङ बजारस्थित विद्यामन्दिर माध्यामिक विद्यालयको कक्षा–८ मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै