पुस ३, वामी गुल्मी । गोल्डेन फ्युचर एकेडेमी वामीका शिक्षकहरुलाई परिक्षा सञ्चालन सम्बन्धी एक बिशेष प्रशिक्षण दिईएको छ । परिक्षा सञ्चालन गर्दा बिशिष्टिकरण तालीका अनुसार प्रश्नपत्र निर्माण तथा उत्तर कुञ्जिका निर्माण सम्बन्धमा अभिमुखीकरण प्रशिक्षण दिईएको बिद्यालयका शिक्षिका श्रृङ्खला बौद्धाचार्यले जानकारी दिनुभयो ।
उक्त बिषयमा एकाडमीका प्रद्यानाध्यापक रामु तिवारीको संयोजकत्वमा बिद्यालयका दक्ष तथा अनुभबी शिक्षकहरु द्धोय दुर्गा सापकोटा तथा हेमन्त घिमिरेले बिद्यालयमा शिक्षण गर्ने अन्य शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १८ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।
वामी श्रोत केन्द्रद्धारा सञ्चालन हुने आगमी परिक्षाहरुमा प्रश्नपत्र निर्माण गर्दा त्यस्को उत्तरकुञ्जिका पनि निर्माण गर्नुपर्ने निर्देशन अनुसार प्रशिक्षण दिईएको प्रसिक्षक हेमन्त घिमिरेले बताउनुभयो । प्रशिक्षण पश्चात प्रशिक्षार्थी शिक्षक शिक्षिकाहरुले तालीमले निकै सहयोग गर्ने प्रतिक्रिया दिएका थिए ।
– अनिश शर्मा गैरे बाट