२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विकास निर्माणमा बालबालिकाको प्रयोग

२१ असार २०७६, शनिबार ०४:३१

असार २१, जाजरकोट । शुक्रबार बिहानै सिँचाइ डिभिजन कार्यालय र आशा कार्यक्रमको अनुगमनमा भेरी नगरपालिका ८, ९ लगायतका ठाउँमा  जिल्लाका सरकारी अधिकारी पुग्दा त्यहाँ स्कूले बालबालिका पढाइ खर्च जुटाउन एकनासले काम गरिरहेका थिए । 

उनीहरु असार १५ गते विद्यालय बन्द भएपछि पढाइ खर्च जुटाउन विकास निर्माणको काममा सक्रियतापूर्वक लागेको बताउँछन् । उमेर छिपिएका मानिस काममा आउँदा काम ढिलो गर्नुका साथै कामचोर हुने भन्दै बालबालिकालाई काम लगाउँदा छिटो र कम रकम दिए पुग्ने भन्दै उपभोक्ता समिति बालबालिकाको प्रयोग गरिरहेका छन् । समय हुँदासम्म विकास निर्माणका ध्यान नदिने तर असार अन्तिममा आएर मुठीभरको बल प्रयोग गरी असारे विकास गर्ने प्रवृत्तिका कारण यस्तो समस्या आएको हो । पुरानो घट्टस्थित तटबन्ध निर्माण गर्नका लागि शिवशङ्कर मावि जगतीपुरमा कक्षा १० मा पढ्ने देवी राना काममा व्यस्त हुनुहुन्छ । उहाँ बिहानै घरबाट मकैको रोटी कम्मरका बाँधेर तटबन्ध निर्माणको काममा लागिरहनुभएको छ । उहाँलाई दैनिक रु ५०० ज्याला दिने गरी त्यहाँ काममा ल्याइएको हो । देवी भन्नुहुन्छ, “गाउँमा विकास निर्माणको काम भइरहेको थाहा पाइयो, हामीसँग पैसा पनि थिएन, त्यसैले काम गर्न आएका हौँ ।”, विद्यालयमा बिदा भएको समयमा कक्षामा दिएको गृहकार्य र अन्य पढाइसम्बन्धी काम गर्नुपर्ने  भए पनि पढाइ खर्च जुटाउन आफूहरु काम गर्न बाध्य भएको देवीले गुनासो गर्नुभयो । उहाँजस्तै भैरव आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकाश राना पनि सोही तटबन्धमा काम गरिरहनुभएको छ । उहाँलाई दैनिक रु ५०० नै दिने गरी काममा लगाएको छ । रानाले भन्नुभयो, “यताबाट उपभोक्ता समितिका दाइले फोन गर्नुभयो, काम चलिरहेको छ रु ५०० दिउँला आउ भनेपछि काममा आएको हुँ ।” उहाँहरु जस्तै नौ जनाभन्दा बढी विद्यार्थी सो काम गरिरहेका छन् । त्यस्तै भुरचौर सिँचाइ योजना, शिवालय गाउँपालिकामा निर्माण हुने विकास निर्माणका काममा समेत व्यापकरुपमा विद्यार्थीको प्रयोग बढेको छ । उपभोक्ता समितिले नाफा गर्ने मनसायका कारण विद्यार्थीलाई काममा लगाउने गरेको खुलासा भएको छ । पढाइ खर्च जुटाउन विकास निर्माणका काममा लाग्नुपरेको उनीहरुको भनाइ छ । अहिले जिल्लाका अधिकांश ठाउँमा असारे विकासको काम जारी रहेको छ । विकास निर्माणका कामका सक्रिय सहभागिता जनाउने झण्डै ५० प्रतिशत विद्यालयका छात्रछात्रा रहेका छन् । सबैको एउटै समस्या छ, पढाइ खर्च जुटाउन काम गरिरहेका छौँ, घरको आर्थिक अवस्था कमजोर भएकाले भारत जानुभन्दा घर नजिकैको विकास निर्माणको काम गरिरहेका छौँ ।

विकास निर्माणको काम गर्ने ठाउँमा उपभोक्ता समितिका अध्यक्ष सहभागी भएको कमै देखियो । काममा स्थानीयलाई लगाएर आफू घरको व्यक्तिगत काममा लागेको अधिकांश ठाउँमा पाइएको छ । देशका ठूला, ठूला अनि महँगा विद्यालयमा पढ्न विद्यार्थी पढाइलाई मजबुत बनाउन लागिरहेका बेला जाजरकोटका ग्रामीण क्षेत्रमा पढ्ने बालबालिका भने मजदूर भएर काम गर्न बाध्य छन् । निजी विद्यालय पढ्ने विद्यार्थीलाई परीक्षाको समयमा सामुदायिक विद्यालयमा ल्याएर परीक्षा दिन लगाइने गरेको खुलासा भएको छ । सामुदायिक विद्यालयमा पढाइ शिक्षक, जनप्रतिनिधिका छोराछोरी सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढाउने गरेको देखिन्छ ।

कुशे गाउँपालिकाले पहिलो निर्णय गर्दै सबै सरकारी कर्मचारी, जनप्रतिनिधि र शिक्षकका छोराछोरी सामुदायिकमा पढ्नुपर्ने नीति बनाए पनि अध्यक्ष हरिचन्द्र बस्नेतकै छोरा निजी विद्यालयमा पढ्ने गरेको पाइन्छ । त्यस्तै नलगाड नगरपालिकाका नगरप्रमुखका नातिलगायत अन्य जुनिचाँदे गाउँपालिकाका अध्यक्षका छोराछोरीसमेत निजी विद्यालयमा पढिरहेका छन् । गरीबका छोराछोरी सामुदायिकमा, तर सोही सामुदायिकमा पढाउने शिक्षकका छोराछोरी निजीमा पढाउने गरेको देख्दा शैक्षिक अवस्था कसरी सुधार होला सजिलै अनुमान लगाउन सकिन्छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य