२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई बेपत्ता

२०७६, २२ असार आईतवार ०९:४९

असार २२, सिन्धुपाल्चोक | गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । 

अविरल वर्षापछि चाकु खोलामा आएको बाढीले बगाउदा शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । 

घाइते भोटेकोशी गाउँपालिका–५ का कामी तामाङ र भोटेकोशी–४ का तेम्वा चोक्याल शेर्पालाई आज बिहान हेलिकप्टरबाट काठमाडाँै लगिएको छ ।

घाइते दुवैको ललितपुरस्थित बिएण्डवी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बाढीले बगाउँदा २२ दशमलव २ मेगावाट क्षमताको सो आयोजनालाई क्षति पु¥याए पनि विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा