२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा करेन्ट लागेर एक युवकको ज्यान गयो

२०७६, २२ असार आईतवार १६:४०

असार २२, अछाम । अछाममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा आज साँझ स्थानीय नरजीत जनालाका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर मृत्युु भएको हो । 

रोपाइँ सकेर घर आउने क्रममा विद्युत्को पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यही गएका विकासलाई एक्कासि ढलेको र उनको शरीरमा आगलागी भएको मृतकका काका धनबहादुर जनालाले जानकारी दिनुभयो ।

पाली नजीक बगिरहेको पानीमा हिँड्ने बेला करेन्ट लागेकाले पोलबाट विद्युत् प्रवाह भएको अनुमान गरिएको छ ।

करेन्ट लागेपछि आगोसमेत सल्केको र विकासको दुवै खुट्टासमेत जलेको धनबहादुरले बताउनुभयो । करेन्टबाट विकासँगै एक गोरु पनि मरेको उहाँले जानकारी दिनुभयो ।

घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा